अपेक्षा अनुसार काम गर्न सकिएनः विद्यासुन्दर शाक्य

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यले सरोकारवाला निकायसँगको समन्वयको अभावमा अपेक्षा अनुसारको काम गर्न नसकिएको स्वीकार गरेका छन् ।. बुधबार काठमाडौंमा सञ्चारकर्मीसँगको मेयर शाक्यले समन्वयको अभावमा चाहेर पनि धेरै काम गर्न नसकेको बताएका हुन् ।
‘खानेपानी, ढल, सडक, विजुली, इन्टरनेटको तार लागयतको कामको अनुमति दिने, नियमन गर्ने र राजश्व समेत उठाउने निकाय अलग अलग छन् तर यी सबैले समन्वय गरेर काम गर्दैनन् ’ मेयर शाक्यले भने । तोकिएको निकायले काम नगर्ने तर दोस महानगर र मेयरले पाइरहेको पनि शाक्यले बताए । महानगरले आफै काम गर्न नपाउने, काम गर्छु भन्दा पनि नदिने प्रवृतिले चाहेर पनि धेरै काम गर्न नसकेको मेयर शाक्यले बताए ।
काठमाडौं महानगरले अहिले सम्पदा संरक्षण र पुराना घर, पाटी, छेँः को जिर्णोद्धार गर्न योजना नै बनाएर काम गरिरहेको पनि मेयर शाक्यले बताए । रानीपोखरीको बीचमा रहेको शिखर शैलीको बालगोपालेश्वर मन्दिर बनाउन र हनुमानढोका अगाडिको काष्ठमण्डपलाई पुरानै शैली र कलामा बनाउन महत्वपूर्ण भूमिका खेलेको पनि मेयर शाक्यले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उकालो चढ्न नसकेको जिप ब्याक भएर दुर्घटना, २ को मृत्यु
-
न्युजिल्याण्डको जितसँगै आयोजक पाकिस्तान ‘आउट’
-
अण्डाको मूल्य बढ्यो
-
मलेप र अख्तियारलाई प्रश्नैप्रश्न
-
सेन्ट जेभियर्सको भर्ना प्रक्रियामा गोला प्रथाबारे सर्वोच्चको कारण देखाऊ आदेश
-
१० बजे १० समाचार : चम्किला ज्याकेट लगाएका मान्छेको आतंकदेखि अध्यादेश अलपत्रसम्म