शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा वानप्लस रिलञ्च हुँदै, मंसिर २४ गतेबाट प्रि–वुकिङ्ग शुरु

बुधबार, २४ मङ्सिर २०७७, १४ : ३६
बुधबार, २४ मङ्सिर २०७७

काठमाडौं । स्मार्टफोन जगतकै सर्वाधिक सफल ब्राण्डको रुपमा लिइने वानप्लस नेपाली बजारमा रिलञ्च हुने भएको छ । वानप्लसको फ्ल्यागसिप मोडल वानप्लस एट प्रोका साथमा वानप्लसका प्रिमियम स्मार्टफोनहरु वानप्लस नोर्ड फाइभजी र वानप्लस नोर्ड एनटेन फाइभजी समेत नेपाली बजारमा आउने भएको हो । 

वानप्लसका लागि आधिकारीक विक्रेताको रुपमा तोकिएको क्रेटोस टेक्नोलोजिज्मार्फत आगामी मंसिर २९ गतेबाट नेपाली बजारमा उल्लेख गरिएका तीन मोडल उपलब्ध हुनेछन् ।

गत बर्ष वानप्लसले ९० हर्जको फ्ल्युड एमोलेड डिस्प्लेका साथमा आफ्ना नयाँ स्मार्टफोन बजारमा ल्याएसँगै वानप्लसका उपभोक्ताको आकर्षण उल्लेख्य रुपमा बढेको थियो भने यस बर्ष फाइभजी प्रविधी र थप उत्कृष्ठ डिस्प्लेका माध्यमबाट वानप्लसले आफ्ना प्रयोगकर्तालाई फाष्ट एण्ड स्मुथ अनुभूती दिलाउन थप सफल रहने विश्वास लिएको छ ।

नेपाली उपभोक्तामाझ निकै लोकप्रिय रहेको वानप्लसले क्रेटोस टेक्नोलोजीलाई नेपालका लागि आधिकारीक विक्रेता नियुक्त गरेसँगै नेपाली बजारमा वानप्लसले सफलताको नयाँ उचाई हासिल गर्ने विश्वास गरेको छ । क्रेटोस टेक्नोलोजीको देशब्यापी वलियो वितरण संजाल र प्रतिबद्ध विक्री पश्चातको सेवाका माध्यमबाट वानप्लसका उपभोक्ताले थप लाभ हाँसिल गर्न सक्ने अवस्थाको विकास भएको छ ।

२०७७ साल मंसिर २४ गतेबाट प्रि–वुकिङ्ग शुरु गरिएको वानप्लसका तिनै मोडलका स्मार्टफोनहरु क्रेटोस टेक्नोलोजीले मंसिर २९ गते देखि बजारमा ल्याउनेछ भने सोहि दिनबाट प्रि–वुकिङ्गकर्ताले डेलिभरी प्राप्त गर्न शुरु गर्नेछन् । अनलाइन प्लेटफर्म दराज तथा सस्तोडिल तथा क्रेटोस टेक्नोलोजिज्का देशभर छरिएर रहेका रिटेल स्टोर मार्फत वानप्लसको प्रि–वुकिङ्ग गर्न सकिनेछ ।

यसरी प्रि–वुकिङ्ग गर्ने ग्राहक मध्ये यसको फ्ल्यागसिप मोडल वानप्लस एट प्रोका ग्राहकहरुले एकबर्षको स्क्रिन ब्रेकेज इन्स्योरेन्स तथा वानप्लस कम्यूनिटी डिस्काउन्ट कार्ड समेत प्राप्त गर्न सक्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप