बीबीसी मास्टर सेफको उत्कृष्ट ८ मा नेपाली सेफ सन्तोष
विश्वकै प्रतिष्ठित टिभी रियालिटी शो ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् यूके प्रतियोगिता २०२० ’ मा सहभागीता जनाउँदै आएका नेपाली सेफ सन्तोष साह सेमिफाइनल राउण्डबाट पनि छनौट भएका छन् ।
मंगलबार साँझ बीबीसी वानमा प्रसारित दोस्रो चरणको प्रतिस्पर्धीमा अन्य प्रतिस्पर्धीहरुलाई पछि पार्दै उत्कृष्ट ८ मा पर्न सफल भएका हुन् । उक्त राउन्डमा सन्तोषले रोस्टेड काँक्रोको बिँया, पोलेको कटहरको बिँया, बन तरुल, प्याजको अचार, स्याउको चट्नी लगायतका परिकारको सफल प्रदर्शनी गरेका थिए ।
उनी सेमिफाइनल राउण्डबाट अघि बढ्दै अघिल्लो राउण्डका लागि छनोट भएका छन् । भोलि १० तारिख विहीबार ८ जना सेमीफाइनलिष्ट प्रतियोगीबीचमा अर्को चरणको प्रतिस्पर्धा गराएर फाइनल राउन्डको लागि ६ जनालाई छनौट गरिनेछ । प्रतियोगिताको फाइनल राउण्ड आगामी डिसेम्बर १७ तारिख हुनेछ । उक्त प्रतियोगितामा सहभागिता जनाउने सन्तोष साह नै पहिलो नेपाली हुन् ।
यसअघिका प्रतियोगितामा सन्तोषले टिमुर स्पाइस्ड् अक्ट्पस विथ सिस्नु र आलुको तरकारी, भाङको चट्नी र कर्कलोको पात, पोलेको भेडाको मासु, खसीको मासुको झोल, बेथेको साग, गहुँको रोटी, तामाको अचार पोलेको माछा, आलुको अचार, करेला र टमाटरको चट्नी तथा ढुम्रीभित्र आलुको अचार राखेर बेलायतका प्रख्यात ‘फुड क्रिटिक’ हरु टम पार्कर र ग्रेस डेन्टलाई चखाइसकेका छन् ।
करिब दुई दशक भारतीय कुजिनमा काम गरे पनि अहिले नेपाली खानालाई विश्वसामू पुर्याउने लक्ष्य लिएर उनी अघि बढेका छन् । नेपाली खाना ओझेलमा परेको भन्दै उनले यसलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने अभियान थालेका हुन् ।
पूर्वी तराईको सिरहा कर्जन्हवामा जन्मिएका सन्तोष पारिवारिक एवम् आर्थिक अवस्थाका कारण सानै उमेरमा रोजगारी खोज्दै भारत हुँदै हाल विगत एक दशकदेखि बेलायतमा नस्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्रा सहित एक जना पक्राउ
-
कीर्तिपुरमा विरासत जोगाउने र उल्टाउने चुनौतीमा कांग्रेस–एमाले, इतिहास रच्ने दाउमा माओवादी
-
‘बीबीए’ तहमा धौलागिरि क्याम्पसका छात्र रिजाल उत्कृष्ट
-
आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? (सूचीसहित)
-
बोटबाटै सुन्तला झर्न थालेपछि किसान चिन्तित
-
२४ वटा जङ्गली हात्तीले आतंक मच्चायो