नेपाली भूमि फिर्ता ल्याउन सबै राजनीतिक दल र जनता एक हुनुपर्छः मोहन वैद्य

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी)का महासचिव मोहन वैद्यले मुलुकमा राष्ट्रियता, जनतन्त्र र सङ्घीयता सङ्कटमा पर्दै गएको धारणा राखेका छन् । पार्टीको पूर्वी ब्यूरोको बैठकमा सहभागी हुन यहाँ आइपुगेका नेता वैद्यले आज बिहान क्रान्तिकारी पत्रकार महासङ्घ प्रदेश नं १ को आयोजनामा गाईघाटमा भएको पत्रकार सम्मेलनमा ‘जनता कोरोना महामारीमा परेको, तिनको रोजीरोटी गुम्दै गएको, आर्थिक सङ्कट उत्पन्न हुँदै गएको, बेरोजगारी बढ्दै गएको, राष्ट्रियता सङ्कटमा परेको तथा सत्तारुढ दलभित्र विभाजनको अवस्था आउनाले’ निराशा छाएको बताए ।
अर्को प्रसङ्गमा उनले भारतसँग सीमा विवादमा झुकेर कालापानी, लिपुलेक र लिम्पियाधुराको समस्या समाधान नहुने जनाउँदै आफ्नो भूमि फिर्ता ल्याउन सबै राजनीतिक दल र नेपाली जनता एक हुनुपर्नेमा जोड दिए । सबै दलभित्रका सच्चा क्रातिकारी शक्ति एक ठाउँमा आएर अगाडि बढे मात्र वर्तमान समस्याले निकास पाउने र देश स्थायी रुपमा समृद्धितिर जाने धारणा वैद्यले राखे । पार्टी पूर्वी ब्यूरोको बैठक आज नै उदयपुरको सदरमुकाम गाईघाटको सिटीहलमा बस्ने पार्टी प्रदेश नं १ का इञ्चार्ज मीनकुमार राउतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटनमन्त्री पाण्डेमाथि कारबाही माग गर्दै सांसद बजगाइँले दिए उजुरी
-
सातामा ८१.९५ अंकले घट्यो सेयर बजार, यस्तो छ घटबढको प्राविधिक सम्भावना
-
मुग्लिन–पोखरा सडक स्तरोन्नतिः ७३ किलोमिटर कालोपत्र
-
विद्युत् नियमन आयोग सदस्यले लिए शपथ
-
मालदिभ्सका विद्यार्थीलाई नेपालमा चिकित्सा शिक्षा अध्ययन गराउन पहल, बन्यो समिति
-
निर्माण सम्पन्न हुने बेलामा भत्काइयो ग्वार्कोको ‘फ्लाइओभर’ (तस्बिरहरु)