बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चलचित्र विकास बोर्डद्वारा पटकथा आह्वान

मङ्गलबार, २३ मङ्सिर २०७७, १९ : ०१
मङ्गलबार, २३ मङ्सिर २०७७

काठमाडौं । चलचित्र विकास बोर्डले मौलिक तथा कलात्मक चलचित्र निर्माणका लागि पटकथा आह्वान गरेको छ । बोर्डले एक सूचना प्रकाशन गर्दै पटकथाको माग गरेको हो । पटकथा पठाउनका लागि २१ दिनको अवधि तोकेको छ । बोडमा प्राप्त पटकथा मध्ये केहीलाई छानेर सहनिर्माण गर्ने र लेखन प्रक्रियामा पनि आवश्यकता अनुसार विशेषज्ञता उपलब्ध गराउने बोर्ड जनाएको छ ।

स्वदेशी तथा मौलिक चलचित्र निर्माणमा मद्दत गर्ने अभिप्रायले बोर्डले केही अघि स्टोरी बैंक स्थापना गर्ने बताएको थियो । सोही अनुसार पटकथा माग गरेको हो । ‘स्टोरी बैंक’ का लागि प्राप्त भएका स्टोरी मध्येबाट छानिएका ५ मौलिक स्टोरीमा फिल्म निर्माणका लागि राज्यले विभिन्न सुविधा उपलब्ध बोर्डले जानकारी दिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप