सगरमाथाको उत्तरतर्फ चीन रहेकोले उचाई मापनमा सहकार्य गर्यौं : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सगरमाथाको उत्तरतर्फ चीन रहेकोले सगरमाथाको उचाई मापनको काम नेपाल र चीनका प्राविधिकहरुले संयुक्त रुपमा गरेको बताएका छन् । मंगलबार काठमाडौंमा सगरमाथाको उचाई सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले चिनियाँ प्राविधिक टोलीसँग सहकार्य गरेर सर्वस्वीकार्य रुपमा सगरमाथाको उचाई सार्वजनिक गरिएको बताए ।
उत्तरका हिमालहरु नेपाल चीन मित्रताका प्रतिक रहेकाले पनि संयुक्त रुपमा मापन गरिएको उनले बताए । उनले चिनियाँ विदेशमन्त्री वाङ यीसँग दुई पक्षीय हितका साथै हिमाली क्षेत्रको पर्यावरण कसरी जोगाउन सकिन्छ भन्ने बारेमा पनि छलफल गरेको जानकारी दिए ।
हिमालहरु हिँउ बिनाको पहाड हुने हो कि भन्ने चिन्ता लागेको बताउँदै जलवायु परिवर्तनको असर र त्यसलाई रोकथाम कसरी गर्न सकिन्छ भन्ने बारेमा छलफल भएको उल्लेख गरे । उनले नेपाली प्राविधिकहरुले आफ्नै स्रोत र साधन प्रयोग गरी सगरमाथाको उचाई मापन गरेर नेपालीको शीर उचोँ बनाएको भन्दै धन्यवाद समेत दिए । मंगलबार एक समारोहका बीच चीन र नेपालका प्रतिनिधिले संयुक्त रुपमा सगरमाथाको नयाँ उचाई घोषणा गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायती सभामुख र नेपाली राजदूतबीच शिष्टाचार भेटवार्ता
-
मोबाइल फुटाइदिएपछि छोरीले दिइन् यस्तो बयान, पिता ७ महिना जेलमा बसे
-
कैलाली बहुमुखी क्याम्पसको स्ववियुमा नेविसंघको पुनरागमन, सन्तोष पन्त बने सभापति
-
दरबारिया र राजतन्त्रका मतियारहरूलाई सडकमै पछार्नु पर्छ: उपप्रधानमन्त्री पौडेल
-
शिक्षक र शिक्षा मन्त्रालयबिच आज पनि छलफल हुँदै
-
पूर्वराजालाई समितिमा बोलाउन कांग्रेस सांसदको प्रस्ताव