मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश २ सरकार र संघीय सरकारबीच घनिष्ठ सम्बन्ध छः मन्त्री भट्टराई

मङ्गलबार, २३ मङ्सिर २०७७, १७ : ३४
मङ्गलबार, २३ मङ्सिर २०७७

जनकपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले प्रदेश २ सरकार र केन्द्र सरकारबीच घनिष्ट सम्बन्ध रहेको बताएका छन् । मंगलबार जनकपुरधाम स्थित विमानस्थलको नवनिर्मित टर्मिनल भवन तथा कन्ट्रोल टावरको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । मन्त्री भट्टराईले भने– ‘हाम्रो मित्रता असल छ, हामी बीचमा कुनै समस्याहरु छैनन् । हामी समस्याविहिन सम्बन्धको रुपमा रहेका छौं । संघीयतको अभ्यासको क्रममा केहि समस्याहरु आउनु स्वभाविक हो । हामी कोही पनि अहिले संघियताका अनूभवी र ज्ञाता भइसकेका छैनौँ ।’

मन्त्री भट्टराईले जनकपुरधामको विकास संघीय सरकारको पहिलो प्राथमिकतामा रहेको बताए । उनले जनकपुर धामजस्तो पवित्र स्थलमा टर्मिनल भवन निर्माण गर्न पाउँदा खुसी लागेको बताए । उनले भने–‘विमानस्थल निर्माण सम्पन्न पश्चात सञ्चालनमा आएको टर्मिनल भवन प्रदेश २ सरकार, स्थानीय सरकार र संघीय सरकार बीचको मित्रताको सेतु हो । यो टर्मिनल भवन जनकपुरधामजस्तो पवित्र तिर्थस्थललाई संघिय सरकारको तर्फबाट प्राप्त एउटा सुन्दर उपहार हो ।’
त्यस्तै धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य राजेन्द्र महतोले जनकपुरधाम विमानस्थललाई अझ बढी आधुनिक बनाउनेतर्फ ध्यान पुर्याउन मन्त्री भट्टराईसँग आग्रह गरे । जनकपुर विमानस्थलको नाम परिवर्तन गरि जनकपुरधाम विमानस्थल कायम गरिए यसले धार्मिक पर्यटनको क्षेत्रमा थप योगदान पुग्ने उनको भनाई थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप