शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विप्लव समूहलाई चन्दा नदिँदा मोरङका शिक्षकको हत्या !

मङ्गलबार, २३ मङ्सिर २०७७, १४ : ०४
मङ्गलबार, २३ मङ्सिर २०७७

काठमाडौं । मोरङको मिक्लाजुङमा हत्या गरिएका शिक्षक राजेन्द्र श्रेष्ठलाई नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले चन्दा मागेको थाहा भएको छ । प्रहरी उच्च स्रोतकाअनुसार चन्दा नदिएपछि मंगलबार विहान मिक्लाजुङ गाउँपालिका–१ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठलाई विप्लवका कार्यकर्ताले गोली हानेर हत्या गरेका हुन् । सो समूहले अहिलेसम्म घटनाको जिम्मा लिएको छैन् ।

प्रअ श्रेष्ठ पूर्व माओवादी हुन् । अहिले उनी नेकपा समर्थक हुन् । ईलाका प्रहरी कार्यालय उर्लाबारीका इन्सपेक्टर सहितको टोली घट्नास्थलमा पुगेको छ । मोरङका प्रहरी उपरिक्षक (एसपी) सन्तोष खड्का पनि घटनास्थलमा जाँदैछन् ।

‘घट्नाको एकिन कारण बुझ्न बाँकी छ’ प्रदेश–१ प्रहरी कार्यालयका डिआईजी ईश्वरबाबु कार्कीले रातोपाटीसँग भने– ‘हाम्रो टोली भर्खर पुगेको छ ।’ मंगलबार बिहान ७ बजेतिर ४–५ जनाको समूहमा आएका विप्लवका कार्यकर्ताले राजेन्द्रलाई घरबाट अपहरण गरेर लगेका थिए । घरबाट करिब १ किलोमिटर पर जंगलमा गोली चलेको आवाज आएपछि स्थानीय पुग्दा ५४ वर्षीय श्रेष्ठ मृत अवस्थामा फेला परेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप