सार्वजनिक बिदामा विद्यालय सञ्चालन

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले हप्ताका सातै दिन विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । नगर शिक्षा समितिको बसेको बैठकले यहाँका सबै विद्यालय हप्ताका सातै दिन सञ्चालन गर्ने निर्णय गरेको हो ।
यहाँका विद्यालयमा शुक्रबार पूरै दिन पढाइ र शनिबार अतिरिक्त क्रियाकलाप शुरु गरिने नगरप्रमुख गोरखबहादुर केसीले जानकारी दिए।
नगरभित्रका ६३ वटै विद्यालयमा अब बिदाको दिन पनि पठनपाठन र अतिरिक्त क्रियाकलाप हुनेछ । बालविकासदेखि कक्षा ९ सम्मको पढाइ २०७८ को वैशाखभरि सञ्चालन हुने र २०७८ जेठदेखि अर्को शैक्षिकसत्र सञ्चालन गर्ने गरी कार्ययोजना नगर कार्यपालिकाको बैठकबाट पारित भएको नगर प्रमुख केसीले जानकारी दिए ।
विसं २०७६ चैत ११ गतेदेखि बन्द भएका विद्यालय नगरपालिकाले कात्तिक १६ गतेदेखि शुरु गरेको थियो । प्रधानाध्यापकले तयार पारेको प्रस्ताव नगर शिक्षा समिति हुँदै कार्यपालिकामा पेस भएको थियो । कार्यपालिकाले उक्त प्रस्ताव पारित गरेको छ । विशेष परिस्थितिका कारण बन्द भएका विद्यालय अब निरन्तर सञ्चालन हुने नगर प्रमुख केसीको भनाइ छ ।
सो निर्णयबाट विद्यार्थी, शिक्षक, कर्मचारी र अभिभावक उत्साहित भएका छन् । जिल्लाका ६ स्थानीय तहमध्ये कार्ययोजना बनाएर पठनपाठन गर्ने आठबीसकोट नगरपालिका दोस्रो हो । यसअघि चौरजहारी नगरपालिकाले पनि कार्ययोजना बनाएर पठनपाठन शुरु गरेको थियो । त्यस्तै जाजरकोटको नलगाड र भेरी नगरपालिकाले समेत विद्यालय सञ्चालन ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलन र वार्ता सँगसँगै अघि बढाउने शिक्षक महासंघको निर्णय
-
डिजिटल बोर्डहरू ह्याक हुनबाट जोगिन के गर्ने ?
-
एलओडीलाई अन्तर्राष्ट्रिय बजारमा लैजाने योजना छ – निर्देशक कुँवर
-
काठमाडौँ महानगरभित्रका संस्थागत विद्यालयहरुबाट प्रदान गरिने छात्रवृत्तिमा यस्तो निर्णय
-
पोखरा विमानस्थलको छानबिन प्रतिवेदनमा एमाले सांसदले किन गरेनन् हस्ताक्षर ?
-
शिक्षक महासंघ र शिक्षामन्त्रीबिच वार्ता सुरु