शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेप्सेमा ७२ अंकको रि–बाउन्स, ६ कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो

सोमबार, २२ मङ्सिर २०७७, १५ : ४१
सोमबार, २२ मङ्सिर २०७७

काठमाडौं । सेयर बजार परिसूचक नेप्से फेरि बढेको छ । आइतबार नकारात्मक सर्किट लागेर बन्द भएका शेयर बजार सोमबार फेरि बढेको हो ।  सोमबार नेप्से ७२.२८ प्रतिशतले बढ्दा परिसूचकले पुनः २ हजारको बिन्दुलाई छोएको छ । सोमबार बजार २ हजार ४ दशमलव ३९ विन्दुमा रोकिएको हो । 

बुधबार बजारमा ६ अर्ब ६६ करोड रुपैयाँको कारोबार भएको छ । कुल १ करोड १९ लाख २० हजार कित्ता शेयर किनबेच हुँदा उक्त मात्रामा कारोबार भएको हो । यो कारोबार विगतका कारोबारको तुलनामा कम हो ।  आजको बजार वृद्धिमा व्यापारमूलक क्षेत्र, जीवन बीमा, हाइड्रोपावर र उत्पादनमूलक क्षेत्रको धेरै योगदान रहे पनि बजारमा सबै उपसूचकहरुको वृद्धि देखिएको छ । 

बजारमा १ सय ७३ कम्पनीको कारोबार हुँदा १ सय ६६ कम्पनीको मूल्य बढेको छ । ५ वटा कम्पनीको मूल्य घट्दा २ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । बजारमा आज नारायणी डेभलपमेन्ट बैंक, रसुवागढी हाइड्रोपावर, विशाल बजार कम्पनी, ग्लोबल आईएमई लघुवित्त, अपर तामाकोशी र साञ्जेन हाइड्रोपावर सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप