अपाङ्गता भएका व्यक्तिका लागि सञ्चार पहुँच सहज हुँदै
सूचना तथा सञ्चार प्रविधिले अपाङ्गता भएका व्यक्तिका लागि सबै निकायका सूचनाको पहुँचमा सहजताका लागि नीतिगत व्यवस्था गरेको छ ।
अपाङ्गता भएका व्यक्तिको २९ औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल, सिबिएमसहित संस्थाले आज भर्चुअलरुपमा आयोजना गरेको ‘नेपालमा पहुँचयुक्तताः प्रवद्र्धनको अवस्था र अबको बाटो’ विषय कार्यक्रममा सो मन्त्रालयका सहसचिव अनिकुमार दत्तले सूचना तथा सञ्चार नीतिअनुसार विशेष क्षमता भएका व्यक्तिको सूचनामा सहजताका लागि कार्यक्रम तर्जुमा गरिएको र अनुकूल मोबाइल एप्स निर्माण गरिएको बताए । उनले प्रत्येक निकायले निर्माण गर्ने वेबसाइट र इन्टरनेट सेवालाई त्यस्ता व्यक्तिको पहुँचयुक्त बनाउन नयाँ निर्देशिकाको तयारी भइरहेको जानकारी दिए ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव टेकराज निरौलाले राज्यका भवन तथा सेवासम्बन्धी अलगअलग निर्देशिका कार्यान्वयनमा रहेको र थप अनुकूल बनाउन संशोधन गरिने बताए । उनले अपाङ्गमैत्री नेपाल निर्माणको लक्ष्यसहित राष्ट्रिय कार्ययोजनाका लागि कार्यदल गठन गरिएको पनि जानकारी दिए ।
महासङ्घका अध्यक्ष मित्रलाल शर्माले सरकारले आफूहरुले गरेको वकालतका आधारमा अपाङ्गतामैत्री नीति र संरचना बन्न थाले पनि सबै क्षेत्रमा सहजता नभएको बताए । कार्यक्रम संयोजक विमल पौडेलले आफूहरुको अध्ययनमा काठमाडौँ उपत्यकाका १५० सार्वजनिक संरचनामा १२ प्रतिशतमा मात्रै आंशिक पहुँचयुक्तता पाइएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी