शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘हल्टप्राइज एट आईओई २०२०/२१’ सम्पन्न

आइतबार, २१ मङ्सिर २०७७, १८ : १७
आइतबार, २१ मङ्सिर २०७७

काठमाडौं । ललितपुरस्थित पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीको संस्था नेस्क्टजेन र हल्ट प्राइजको संयुक्त आयोजनामा शनिवार ‘हल्टप्राइज एट आईओई २०२०/२१’ कार्यक्रमको ग्राण्ड फाइनल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न इन्जिनियरिङ क्याम्पसका  २५ टिमहरूको आइडिया र प्रिजेन्टेसनका आधारमा निर्णायकहरुले शीर्ष टिमहरूको छनोट गरेका छन् । यो वर्ष हल्ट प्राइज एट आईओईमा टिम क्युरियस वी विजेता बन्यो, यस टिमले फोहोर व्यवस्थापनमा आधारित प्रेजेन्टेसन दिएको थियो, डिस्पोजेबल चम्चा बनाएर वातावरणलाई सफा राख्ने आइडियामा यो आधारित थियो ।

साथै उपविजेता टिम भाइरस भिक्सेन र तेस्रो स्थान टिम  बिनले हासिल गरेको छ । विजयी टोलीहरुले विभिन्न पुरस्कार जितेका छन् । अब यी टोलीहरुले विदेशमा आयोजना हुने क्षेत्रीय प्रतिस्पर्धामा पनि भाग लिन पाउनेछन् । क्षेत्रीय प्रतिस्पर्धापछि लन्डनमा अर्को कार्यक्रम हुनेछ र त्यसपछि अन्तिम कार्यक्रम संयुक्त राष्ट्र संघको मुख्यालयमा आयोजना हुन्छ । 

हल्टबिजनेस स्कुल, हल्टप्राइज संस्था र संयुक्त राष्ट्र संघसँग आबद्ध भएर हल्टप्राइजको स्थापना गरिएको हो । क्षमताशील एवम् उर्जावान युवा युवतीहरुका लागि आफ्नो क्षमता प्रदर्शन गर्ने सुनौलो अवसरको रुपमा पनि यसलाई लिन सकिन्छ ।

यो प्रतिस्पर्धालाई विद्यार्थीहरुको नोवेल पुरस्कारको रुपमा पनि चिनिन्छ ।  यस प्रतिस्पर्धामा हरेक वर्ष विश्वभरबाट १२१ देशका २५ सय भन्दा बढी विश्वविद्यालयहरुबाट ३ लाख भन्दा धेरै विद्यार्थीले सहभागिता जनाउदै आएका छन् । हल्ट प्राइजले हालसम्म विश्वव्यापी १० लाखभन्दा बढी विद्यार्थीहरूलाई दिगो र लाभदायक व्यावसायिक विचार स्थापना गर्न उचित अवसर प्रदान गरिसकेको छ ।

शुुभकामना व्यक्त 
कार्यक्रममा मदनकृष्ण श्रेष्ठ, तलेगु फिल्मस्टार तथा परोपकारी राम पोथिनेनी, मिस नेपाल वल्र्ड २०१८ शृंखला खतिवडा, नेपालका पूर्व वातावरण, विज्ञान र प्रविधिमन्त्री गणेश साह, युवामाझ लोकप्रिय गायकहरू स्वप्न सुमनस, गिरीश खतिवडा तथा सुदिन पोखरेल, केल्साग् श्रेष्ठ, बलिउडका गायक राहुल पाण्डे, हास्य कलाकार हिमेश पन्त लगायत उपस्थित थिए । कार्यक्रममा मदनकृष्ण श्रेष्ठले युवापुुस्तासँग आफ्नो अनुुभव साटेका थिए । त्यस्तै, तलेगु फिल्मस्टार तथा परोपकारी राम पोथिनेनीले उद्यमशिलताजस्तै फिल्म पनि एउटा आइडियाबाट सुरु हुुने धारणा राखे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप