बुद्धिमान लाटोकोसेरो
एउटा जङ्गलकोे कट्टुसको रूखमा एउटा बूढो लाटोकोसेरो (उल्लु) बस्थ्यो । त्यो लाटोकोसेरोले हरेक दिन उसका वरिपरि हुने विभिन्न घटनाहरुको अवलोकन गर्दथ्यो ।
हिजो उसले एउटा बूढो मानिसलाई एउटा युवकले गह्रौँ भारी बोक्न सहयोग गरेको देख्यो । आज एउटी युवतीले उसकी आमालाई चिच्याउँदै गाली गरिरहेको देख्यो । त्यो लाटोकोसेरो जति देख्थ्यो त्योभन्दा धेरै कम बोल्थ्यो ।
यसरी नै उसका दिनहरु वित्दै गए । ऊ थोरै बोल्थ्यो तर धेरै सुन्थ्यो । त्यो बूढो लाटोकोसेरोले मानिसले बोलेको र उनीहरुले भनेका कथाहरु सुन्थ्यो ।
एउटा हात्तीले उफ्रेर बार नाघेको भनेर एउटी महिलाले कुरा गरिरहेको उसले सुन्यो । उसले एउटा मान्छेले आफूले कहिल्यै गल्ती नगर्ने कुरा भनिरहेको पनि सुन्यो ।
त्यो बूढो लाटोकोसेरोले मानिसहरुलाई भएका कुराहरु देखेको र सुनेको थियो । त्यहाँ कोही राम्रा थिए भने कोही खराब थिए । तर रुखमा बसेको त्यो लाटोकोसेरो दिनप्रतिदिन बुद्धिमान हुँदै गएको थियो ।