बोलेरो सडकबाट करीब १५० मिटर तल खसेर दुर्घटना, चालकको मृत्यु
आइतबार, २१ मङ्सिर २०७७, १३ : १२
दोलखाको बिगु गाउँपालिका वडा नम्बर ५ चिलङ्खामा आज बिहान बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा गौरीशङ्कर गाउँपालिका –८ खारेका २४ वर्षीय सुविन तामाङको मृत्यु भएको हो ।
बिहान करीब ६ बजे चिलंखा थाक्रेबाट सिंगटी बजार जाने क्रममा वा २० च ४३७३ नम्बरको गाडी लाइसेप भन्ने ठाउँमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गाडीमा सवार चालक तामाङको घटनास्थलमै मृत्यु भएको र बिगु– ५ का २२ वर्षीया कमला तामाङ घाइते भएको दोलखाका प्रहरी निरीक्षक अञ्जन कोइरालाले जानकारी दिए ।
गाडी सडकबाट करीब १५० मिटर तल खसेको थियो । घाइते तामाङको सिंगटी बजारस्थित रोलवालिङ अस्पतालमा उपचार भइरहेको र सामान्यावस्था रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले युक्रेनलाई गोप्य रूपमा लामो दुरीका क्षेप्यास्त्र उपलब्ध गराएको खुलासा
-
नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
-
विश्वभर किन बढ्दै छन् प्रोस्टेट क्यान्सरका बिरामी ?
-
इटालीका राष्ट्रपति माटारेलासमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
फेरि धरमरायो प्रचण्ड सरकार, गठबन्धन टिक्नेमा सत्ताधारी दलहरूलाई नै शङ्का
-
यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची