कोरोना कहरले जुराएको अवसर : भारतबाट फर्केर स्वदेशमा व्यवसायिक तरकारी खेती
कैलाली । कैलालीको वर्दगोरिया नगरपालिका वडा नम्बर–२ बस्ने पुष्पादेवी टमटा र उनका श्रीमान् दुबै भारतमा काम गर्थे । कोरोना कहरका कारण उनीहरु भारतबाट नेपाल फर्किए । कामबिहीन भएका दुबै जनाले अब नेपालमै बसेर केही गर्नुपर्छ सोच बनाए र तरकारी खेतीमा जुटे । उनीहरुको बारीमा अहिले टमाटर, मुला, भण्टा, आलु, खुर्सानी, धनियाँ लगायतका तरकारी रोपिएका छन् ।
मौसमी तरकारी खेती गर्दै आएकी पुष्पा देवीले अब बेमौसमी तरकारी खेतीको सोच बनाएको बताइन् । उनले भनिन्– मौसमी तरकारीको आम्दानीले घर खर्चमात्रै धान्ने रहेछ । मैले माग अनुसारको उत्पादन गर्न सकेको छैन । त्यसैले वेमौसमी तरकारी खेती गर्ने सोच बनाएकी उनले बताइन् ।
उनले अढाई कठ्ठा जग्गामा तरकारी खेती गरिरहेकी छिन् उनका श्रीमान् पनि घरमै किराना पसल र होटल चलाइरहेका छन् । उनले भनिन्, ‘श्रीमान् पसल हेर्नुहुन्छ । म बारी हेर्छु ।’
पुष्पा देवीले तरकारी खेतीसंगै कुखुरापालन पनि गरेकी छन् । उनले भनिन्– चितवनबाट चार वटा लोकल कुखुराको चल्ला ल्याएर अहिले पालन गर्न थालेकी छु ।
व्यवसायिक तरकारी खेती कसरी गर्ने, बेमौसमी तरकारी उत्पादन गर्न के–के कुरामा ध्यान दिने लगायतका सीप प्रदान गर्न बुधबार उनको गाउँमा पुगेका कृषि प्राविधिकहरूसँग उनी जानकारी लिँदै थिइन् । उनले व्यवसायिक तरकारी खेती गर्दा चाहिने आवश्यक ज्ञान नहुँदा सोचेजति उत्पादन गर्न नसकेको बताइन् ।
सोही वडाकी मनादेवी डंगौरा थारु पनि तरकारी खेती गर्दै आएकी छिन् । उनले पाँच कठ्ठा जग्गामा बेमौसमी तरकारी खेती गर्दै आएकी छन् । उनी पनि यसअघि भारतमै रोजगारी गर्थिन् । उनले भनिन्– भारतमा अरुको काम गर्नुभन्दा आफ्नै बाझो बारीको सदुपयोग गरेर श्रम गरे ।
पुष्पा र मनादेवी जस्तै त्यहाँका अन्य महिलाहरू पनि व्यवसायीक तरकारी खेती गर्ने तयारीमा छन् । हरियाली दलित महिला समुहकी अध्यक्षसमेत रहेकी पुष्पाले भनिन्– हाम्रो समुहमा १३ जना सदस्य रहेका छौँ । त्यसमा नौ जनाले मौसमी तरकारी खेती गर्दै आएका छन् । अहिले प्राविधिक तालिम पाएपछि बेमौसमी तरकारी खेती गर्ने तयारीमा छौँ ।
दलित महिला सञ्जालले महिलाहरूलाई आत्मनिर्भर बनाउन खेतबारीमै महिलाहरूलाई वेमौसमी तरकारी खेतीबारे तालिम दिएको थियो । दलित महिला संघका कैलाली संयोजक विनोद घिमिरेले भने, ‘अहिले वेमौसमी तरकारी खेतीबारे तालिम दिँदा समुहमा रहेका महिलाहरू सक्रिय देखिएका छन् । यसको प्रभाव कस्तो रहन्छ त्यो भने अबको केही महिनापछि देखिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानी विदेशमन्त्रीको प्रशंसापत्र विश्वभाषा क्याम्पसका कामिमुरा योशिहारुलाई
-
भारतीय सेना प्रमुखले भने– नेपाली सेनाको मानार्थ महारथीको दर्जा पाउनु सौभाग्यको कुरा
-
खुमलटारमा शंकास्पद वस्तु फेला
-
वैज्ञानिक चिन्तन बोकेका युवा तयार गरौँ : शिक्षामन्त्री भट्टराई
-
क्षेप्यास्त्र प्रहारको सन्देश बुझ्न अमेरिकालाई रुसको चेतावनी
-
एलन मस्कसँग ओलीले गरे भर्चुअल वार्ता