बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

तीन दिनदेखि हराएका एक पुरुष मृत फेला

आइतबार, २१ मङ्सिर २०७७, ०९ : ४३
आइतबार, २१ मङ्सिर २०७७

तीन दिनदेखि हराएका मकवानपुरको मकवानपुरगढी गाउँपालिका–६ का सीताराम सुवेदीलाई हेटौँडा–८ स्थित सनउड कोलोनीमा मृतावस्थामा भेटिएको छ । 

शनिबार फेला परेको शवको सनाखतपछि शव सुवेदीको भएको बुझिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

परिवारका अनुसार ५० वर्षीय सुवेदी तीन दिनदेखि सम्पर्कविहीन भएका थिए । सञ्चारमाध्यममा मृतावस्थामा फेला परेको फोटोसहित  समाचार आएपछि परिवारका सदस्यले मकवानपुर प्रहरीसँग समन्वय गरेका थिए । 

परिवार सम्पर्कमा आएपछि शवको सनाखत भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । हाल शव परीक्षणका लागि हेटौँडा अस्पतालमा राखिएको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप