बुधबार, ०३ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘सिन्डिकेट गर्न खोज्ने म्यानपावरलाई संरक्षण गर्दैनौँ, सरकारको कारबाहीलाई सङ्घको समर्थन छ’

विष्णु गैरे, अध्यक्ष, वैदेशिक रोजगार व्यवसायी सङ्घ
आइतबार, २१ मङ्सिर २०७७, ०९ : ०१
आइतबार, २१ मङ्सिर २०७७


विष्णु गैरे नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष हुन् । उनी हालै मात्रै नेपाल उद्योग वाणिज्य महासङ्घको कार्यकारिणी सदस्यमा समेत निर्वाचित भएका छन् । महासङ्घको वस्तुगत समूहमा निर्वाचित भएका उनी वैदेशिक रोजगार व्यवसायीको तर्फबाट महासङ्घमा प्रतिनिधित्व गर्ने पहिलो व्यक्ति समेत हुन् । कोभिड–१९ सँगै वैदेशिक रोजगारीको क्षेत्र अहिले निकै अप्ठ्यारोमा छ । सुरुमा लकडाउनका कारण बन्द भएको रोजगारी पछि श्रम स्वीकृति खुल्न ढिलाइ हुँदा लामो समय अड्कियो । पुनः श्रम स्वीकृति असारमै खुले पनि श्रम स्वीकृति भदौ १५ गतेदेखि मात्रै खुला भयो । तर सरकारी समन्वयको अभावले अझै पनि सम्बन्धित देशबाट माग आउने वातावरण नभएको व्यवसायीले आरोप लगाउँदै आएका छन् ।

त्यसो त पछिल्लो समय माग नै नआई अन्तर्वार्ता गरिएको, वैदेशिक रोजगारीमा सिन्डिकेटको प्रयास गरिएको विषयले सार्वजनिक भयो । कोभिड–१९ प्रभावितको रूपमा यो क्षेत्रले पाउनुपर्ने राहतका विषयमा समेत अहिले सङ्घ मन्त्रालयहरूमा धाइरहेको छ । ४ महिनासम्म म्यानपावर कम्पनीमार्फत् २ सय जनलाई मात्रै विदेश गएको अवस्थाबीच अबको ८ महिनामा प्रत्येक म्यानपावरलाई सय जनाको कोटाले पु¥याएर लाइसेन्स जोगाउने पिरलो पनि अर्कोतिर छँदैछ । यिनै विषयबारे सङ्घले केकसरी काम गर्दैछ त ? प्रस्तुत छ, अध्यक्ष गैरेसँग गरिएको कुराकानी :

वैदेशिक रोजगार व्यवसायी भन्नेबित्तिकै कामदारलाई विदेश पठाउने भन्ने कुरा आउँछ । कोभिड–१९ पछि वैदेशिक रोजगार क्षेत्र ठप्प भएको थियो । श्रम स्वीकृति खुला गरेपछि तपाईंहरूको अवस्था कस्तो छ ?

कोभिड–१९ को कारण यो क्षेत्र पूर्ण रूपमा बन्द भयो । लकडाउन खुलेपछि अरू व्यवसाय त खुले, तर श्रम स्वीकृति खुला नभएसम्म हाम्रो व्यवसाय सञ्चालन हुन पनि पाएन ।

सरकारले पुनः श्रम स्वीकृति असारमै खुलाए पनि भदौ १४ गते मात्रै आएर श्रम स्वीकृति खुला ग-यो । श्रम स्वीकृति खुला भए पनि अझैसम्म पनि कतिपय देशले रोजगारदाताको माग प्रमाणीकरण नगरिदिँदा समस्या भएको थियो ।

अहिले केही देशमा यो समस्या समाधान भए पनि धेरै देशमा समस्या बाँकी नै छ ।  कसैले यसमा अहिलेसम्म पनि चासो दिइरहेका छैनन्, कसैले जनवरी, फेब्रुअरीको भाखा राख्दै आएका छन् । अहिलेसम्म पनि श्रम आपूर्ति गर्ने काम राम्रोसँग चल्न सकेको छैन ।

पुनरकर्जा योभन्दा अघि जसले ऋण लिएको थियो, उनीहरूका लागि मात्रै रहेछ । वैदेशिक रोजगार व्यवसायीमध्ये धेरैजसो योभन्दा अघि ऋण लिएका थिएनन् । कसैले लिएको भए पनि आफ्नो व्यक्तिगत सम्पत्ति धितोमा राखेर व्यक्तिगत प्रयोजनका लागि लिए होलान् । तर, संस्थागत रूपमा ऋण पाउने अहिलेसम्म भेटिएको छैन ।

यही कारणले विदेश गएर श्रम गर्ने योजना भएका श्रमशक्तिहरू त बेरोजगार भइहाले, म्यानपावर कम्पनीमा काम गर्ने कतिपय कर्मचारी पनि बेरोजगार हुन पुगे, व्यवसायीमध्ये कतिपयले अफिसको भाडा तिर्नसमेत नसकेको अवस्था पनि छ । त्यसैले अहिलेसम्म पनि हाम्रो अवस्था निकै कष्टपूर्ण नै छ ।

कर्मचारीको तलब र घरभाडाकै विषयमा कुरा गरौँ न, नेपाल राष्ट्र बैङ्कले ३ महिनाअघि नै पुनरकर्जा आह्वान गरेको थियो, अहिले त वितरण हुन पनि थालिसक्यो । तपाईंहरू पनि प्रभावित सूचीमा हुनुहुन्छ, राहत पाउनुभएन ?

पुनरकर्जा योभन्दा अघि जसले ऋण लिएको थियो, उनीहरूका लागि मात्रै रहेछ । वैदेशिक रोजगार व्यवसायीमध्ये धेरैजसो योभन्दा अघि ऋण लिएका थिएनन् । कसैले लिएको भए पनि आफ्नो व्यक्तिगत सम्पत्ति धितोमा राखेर व्यक्तिगत प्रयोजनका लागि लिए होलान् । तर, संस्थागत रूपमा ऋण पाउने अहिलेसम्म भेटिएको छैन ।

कति व्यवसायीसँग धितोमा राख्ने सम्पत्ति पनि छैन । उहाँहरूले विभिन्न स्रोतबाट जुटाएर लाइसेन्सबापत बुझाउनुपर्ने धरौटी बुझाउनुभएको छ । हामीले त्यो धरौटीको धितोमा ऋण दिन पाउनुपर्छ भनेका हौँ । सरकारले निर्णय नगर्दा पुनरकर्जा कार्यविधिमा यस्तो व्यवस्था पनि गरिएन । अहिले ५० अर्बको कार्यविधिमा पनि त्यस्तै अवस्था देखिन्छ । अप्ठ्यारो अवस्थामा हाम्रै पैसालाई धितोमा राख्ने व्यवस्था गरिदिन उहाँहरूले सक्नुहुन्छ नि ।

अहिले लाइसेन्स धरौटीबापत हामीले राखेको बैङ्क ग्यारेन्टी रकम ४ अर्ब ३२ करोड रुपैयाँ छ । त्योमध्ये ९० प्रतिशत रकम वाणिज्य बैङ्कमा निक्षेप छ । जुन बैङ्कमा त्यो निक्षेप छ, त्यसैलाई धितोको रूपमा स्वीकार गर्ने सिफारिस गरिदिए समस्याको समाधान हुन्छ ।

आजको दिनमा पनि कोही आवश्यकता नभएको व्यवसायीले नलिन पनि सक्छ, आवश्यकता भएकोले कसैले २० लाख लिनसक्छ, कसैले ३० लाख लिनसक्छ । सबै गरेर डेढ, दुई अर्ब रूपैयाँ बजारमा जान्छ । यसो भयो भने हाम्रा स्टाफले तलब पाउँछन्, घरबेटीले भाडा पाउँछन्, त्यसबाट सरकारलाई पनि केही न केही कर जान्छ । एउटा म्यानपावरको नगद र बैङ्क ग्यारेन्टीसमेत गरेर २ करोडको धरौटी सरकारसँग हुन्छ । २ करोडको धितोमा २५, ३० लाख रूपैयाँ दिन त सरकारलाई पनि गाह्रो हुँदैन होला नि ।

हामीले पनि विदेश जाने माग गर्ने कम्पनीबारे बुझ्ने काम गर्नुपर्छ । समस्याग्रस्त कम्पनीको कामदार उठाउनु पनि भएन । यसमा सहकार्य गर्न अरू पार्टीहरू पनि आउलान् । त्यसका लागि खर्च त गर्नुपर्छ । यो कारणले पनि व्यवसाय चलायमान हुन नसकेको हो । सरकारले यति गरिदियो भने हामीलाई राहत पनि हुन्छ, सरकार निजी क्षेत्रको साथमा छ भन्ने आभास पनि हुन्छ ।

विभिन्न देशका साना ठूला कम्पनीहरूबाट अहिले माग आउन थालिसकेको छ । तर माग आउने भन्दा पनि त्यसलाई प्रमाणीकरण हुन नसकेकाले समस्या भइरहेको छ ।  तपाईंलाई प्रष्ट रूपमा भन्ने हो भने हामीसँग २५, ३० हजार डिमान्डको फाइल अहिले नै छ । यूएईबाट माग आएको छ, साउदीको आएको छ, ओमन त खुलिसक्यो ।

अहिलेसम्म यसबारे के पहल गर्नुभयो त ?

हामीले हाम्रै क्षेत्रका नियामकहरू श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग, श्रम विभागमार्फत् बारम्बार पहल गर्दै आएका छौँ । अर्थ मन्त्रालयसँग पनि अघिल्लो अर्थमन्त्री हुँदा भेटेका थियौँ । तर अहिलेम्म काम भएको छैन । अहिलेका अर्थमन्त्रीले पनि आइतबार बोलाउनुभएको छ । अघिल्लो पटक भेट्दा अर्थसचिवज्यू पनि हाम्रो मागमा सकारात्मक देखिनुभएको थियो । अर्थ मन्त्रालयले प्रस्ताव गरेर मन्त्रिपरिषद्ले स्वीकृत गरिदिए यो क्षेत्र चलायमान हुनसक्छ भन्ने हामीले विश्वास गरेका छौँ ।

अब वैदेशिक रोजगारीको विषयमा कुरा गरौँ । भदौ १५ सम्म त श्रमस्वीकृति बन्द नै थियो, कात्तिक मसान्तसम्म म्यानपावरमार्फत १५ सय ३७ जनाले श्रम स्वीकृति लिएको देखियो, अहिले अवस्था कस्तो हो ?

विभिन्न देशका साना ठूला कम्पनीहरूबाट अहिले माग आउन थालिसकेको छ । तर माग आउने भन्दा पनि त्यसलाई प्रमाणीकरण हुन नसकेकाले समस्या भइरहेको छ ।  तपाईंलाई प्रष्ट रूपमा भन्ने हो भने हामीसँग २५, ३० हजार डिमान्डको फाइल अहिले नै छ । यूएईबाट माग आएको छ, साउदीको आएको छ, ओमन त खुलिसक्यो ।

तर जति देशमा समस्या छन्, त्यसलाई कूटनीतिक माध्यमबाट छिटो समाधान गरौँ भनेर हामीले श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालयलाई भनिरहेका छौँ । सम्बन्धित देशको स्वास्थ्य प्रोटोकललाई ख्याल गरेर रोजगारदाताले सङ्क्रमित भएको अवस्थामा राम्रो ख्याल गर्ने विश्वस्त आधार दिएको अवस्थामा हामीलाई कामदार पठाउन के समस्या भयो र ?

अहिले भारत, बङ्गलादेश, फिलिपिन्स, पाकिस्तान लगायत देशबाट कामदारहरू गइरहेका छन् । तर नेपालको माग मात्रै समस्या देखिएको अवस्था पनि छ । कम्पनीबाट माग आएर पनि हामीले कामदार पठाउन सकिरहेका छैनौँ । बरु नेपालीलाई दुःख दिने, समयमा तलब नदिने, आवास र खानाको सुविधा राम्रो नगर्ने, कोभिडको समयमा टिकट नदिने जस्ता कम्पनीलाई कालोसूचीमा राखेर ती कम्पनीमा कामदार नपठाऔँ । हामीले पठाएका कामदारबारे सम्झौता अवधिसम्म हामी पनि जिम्मेवार हुन्छौँ । तिनीहरूलाई पहिचान गर्ने एउटा मापदण्ड बनाऔँ, हामी पनि यसमा सरकार वा दूतावाससँग सहकार्य गर्न तयार छौँ ।

तर समग्र देशलाई नै एउटै क्याटागोरीमा राखेर बस्दा भोलिका दिनमा अर्को देशले सबै डिमान्ड खोसेर लगिदियो भने हामीले के गर्ने ? एकपटक अर्कोतिर लागिसकेको कम्पनीलाई फेरि फर्काउन पनि हामीलाई गाह्रो हुन्छ । धेरै जाम भयो भने ट्राफिक डाइभर्ट हुन्छ ।

यसमा सरकारको रेस्पोन्स के छ ?

म बारम्बार श्रम मन्त्रालय गएको छु, परराष्ट्र मन्त्रालय गएको छु । मन्त्रीज्यूहरूसँग समस्या राखेको छु । सबैले हुन्छ, गर्दैछौँ भन्नुभएको छ । तर अहिलेसम्म पनि हामीले चाहेअनुसार रिजल्ट देखिएको छैन । ओमनको अहिले सुरु भएको छ । अब साउदी, यूएईको पनि छिटो सुरु होस् भन्ने हो ।

अहिले पनि दैनिक २, ३ सय नेपाली यूएईमा भिजिट भिसामा गइरहेका छन् । महामारीको यस्तो अवस्थामा साँचै सबै मान्छे घुम्नकै लागि गएका छन् भनेर पत्याउन सकिन्छ त ? तीमध्ये १० प्रतिशत काम विशेषका लागि गए होलान्, ९० प्रतिशत अवैध रूपमा रोजगारीकै लागि गएका हुन्छन् ।

पछिल्लो समयमा उठेका विषयबारे कुरा गरौँ न । अवैध अन्तरवार्ताको कुरा सुनियो । के कारणले यस्तो भएको हो ?

तपाईंले कतारको विषयमा कुरा उठाउनुभएको होला । त्यो सम्बन्धमा के भइरहेको छ भन्ने त तपाईंलाई थाहा नै छ । अहिले त्यसमा संलग्न भएका ३ वटा म्यानपावर कम्पनीलाई ६ महिना निलम्बन भएको छ । गैरकानुनी काम गर्नेलाई हाम्रो सङ्घले संरक्षण गर्न सक्दैन । त्यसैले विभागले गरेको कारबाहीलाई हामी समर्थन गर्छौं ।

तर यो त बाहिर आएको एउटा घटना मात्रै हो । बाहिर नै नआएका र आएर पनि नियन्त्रण नभएका अरू धेरै घटना छन् । कतार मात्रै होइन, अहिले पनि यूएईजस्ता अन्य देशमा भिजिट भिसामा जाने र गैरकानुनी रूपमा काम गर्ने क्रम चलिरहेकै छ ।

अहिले पनि दैनिक २, ३ सय नेपाली यूएईमा भिजिट भिसामा गइरहेका छन् । महामारीको यस्तो अवस्थामा साँचै सबै मान्छे घुम्नकै लागि गएका छन् भनेर पत्याउन सकिन्छ त ? तीमध्ये १० प्रतिशत काम विशेषका लागि गए होलान्, ९० प्रतिशत अवैध रूपमा रोजगारीकै लागि गएका हुन्छन् ।

त्यसरी जानेमध्ये कतिपयले तोकिएअनुसार सेवा सुविधा पाउँदैनन् । काम गर्ने क्रममा कतिको दुर्घटना होला । त्यो बेलामा उपचार खर्च कसले व्यहोर्ने ? बीमा रकम भुक्तानी सरले गर्ने ? राहत कसले दिने ? यी कुराहरूमा कामदार आफैँले पनि सोच्नुपर्छ । राज्यले पनि सोच्नुपर्छ ।

अहिलेको अवस्था आउनुमा व्यक्ति स्वयं र राज्य नै जिम्मेवार छ । कुन व्यक्ति किन विदेश जाँदैछ भन्ने सोध्दै नसोधी इमिग्रेसन पास गरिएको छ । म त यस्तो हेलचेक्र्याइँको घोर निन्दा गर्छु । यसले गर्दा हामीलाई पनि अप्ठ्यारो परिसकेको छ । अहिले त विदेशी कम्पनीले, ‘तिमीहरूले मान्छे पठाउन सकेनौ, यहाँ त मान्छेहरू आइरहेका छन्’ भनेर हामीलाई नै प्रश्न गर्न थालिसकेका छन् ।

हामीले यसबारे श्रम समितिसँग पनि कुरा गरेका छौँ । मन्त्रालयसँग पनि कुरा गरेका छौँ । श्रम समितिका सभापतिले नेपाल प्रहरीसँग कुरा गरेको छु भन्नुभएको छ । हामी सुधार हुने प्रतीक्षामा छौँ । हाम्रो भनाइ भिजिट भिसामा कडाइ गरौँ, संस्थागत भिसालाई खुला गरौँ भन्ने हो । यो भयो भने कामदारको सबै हितको रक्षा हुन्छ ।

जहाँसम्म १६ वटा म्यानपावरको संलग्नता भएको भन्ने कुरा छ, त्यसमा कोही संलग्न नै नरहेको भन्ने कुरा पनि आएको छ । कोही यो क्षेत्र नै छोडेको भन्ने पनि छ । तर केही कम्पनीहरूले गलत गरेको पनि देखिएको छ । सिन्डिकेटका लागि कतै न कतै प्रयास भएको छ भन्ने हामीले बुझेका छौँ । हामीले आफ्नो तर्फबाट पाएको जानकारी विभागलाई गरायौँ । यसबारे प्रतिवेदन तयार गरेर विभागले मन्त्रालयलाई बुझाउँछ ।

संस्थागत बाटो खुलाउने, भिजिट भिसा बन्द गर्ने विषय राम्रा होलान् । तर पछिल्लो अन्तरवार्ता प्रकरणले तपाईं वैदेशिक रोजगार व्यवसायीभित्रै पनि समस्यै समस्या छ भन्ने त देखियो नि होइन ?

सिन्डिकेटको कुरा उठेपछि हामीले उहाँहरूसँग स्पष्टीकरण सोधेका थियौँ । उहाँहरूले हामी सिन्डिकेटको पक्षमा छैनौँ भनेर प्रतिबद्धता जनाउनुभयो । तर भित्रभित्रै अन्तरवार्ता भएको रहेछ, यसमा विभागले कारबाही पनि गरेको छ । त्यो गैरकानुनी थियो ।

राम्रो माग आयो भन्दैमा देशको नियम कानुन मिचेर अघि जाने छुट कसैलाई पनि छैन । यो हाम्रो आचारसंहिताभन्दा बाहिरको हो । यसमा सरकारले कारबाही पनि गरेको छ । हाम्रो तर्फबाट पनि यसमा कारबाही गर्छौं । मेरो नेतृत्व रहुञ्जेल यो क्षेत्रमा गलत गर्नेलाई थाहा भएसम्म कारबाही हुन्छ । यसलाई सुधार्ने प्रयास गर्छौं ।

अन्तरवार्ता प्रकरणअघि कतारको रोजगारीमा १६ वटा कम्पनीको मात्रै सिन्डिकेट गर्ने प्रयास भएको खबर आएको थियो । त्यसबारे सरकारले छानबिन समिति नै बनाएको थियो । त्यसमा तपाईं पनि हुनुहुन्छ । कहाँ पुग्यो त्यसको छानबिन ?

नाम सार्वजनिक हुनेबित्तिकै मैले यो के हो भनेर सञ्चालकज्यूहरूलाई सोधेँ । कतारको महामहिम राजदूतसँग पनि मैले समय मागेर कुरा गरेँ । नेपाल र कतारको सम्बन्धलाई धमिलो नपार्नुस् भनेर आग्रह गरेँ ।

उहाँले ह्वाइट पेपरमा आएको लिस्टलाई आधार बनाएर दूतावासविरुद्ध मिनी– संसदमा गएको भनेर गुनासो पनि गर्नुभयो । तर हामीले कामदार पठाउने फेयर मापदण्ड बनाउन भन्यौँ । त्यसको छानबिन हुँदाहुँदै यहाँ अन्तरवार्ताको खेल भयो । यही क्रममा दूतावासको कूटनीतिक नम्बरप्लेट भएको गाडी कुनै म्यानपावर कम्पनीमा भेटियो । यस्ता एकदमै विडम्बनाको कुरा हो । यस्तो भयो भने त यसलाई हामी सहन सक्दैनौँ । दूतावासकै कर्मचारीको संलग्नतामा मागबिनै अन्तरवार्ता गरेर त वैदेशिक रोजगारीकै क्षेत्रको खिल्ली उडाइएको छ ।

जहाँसम्म १६ वटा म्यानपावरको संलग्नता भएको भन्ने कुरा छ, त्यसमा कोही संलग्न नै नरहेको भन्ने कुरा पनि आएको छ । कोही यो क्षेत्र नै छोडेको भन्ने पनि छ । तर केही कम्पनीहरूले गलत गरेको पनि देखिएको छ । सिन्डिकेटका लागि कतै न कतै प्रयास भएको छ भन्ने हामीले बुझेका छौँ । हामीले आफ्नो तर्फबाट पाएको जानकारी विभागलाई गरायौँ । यसबारे प्रतिवेदन तयार गरेर विभागले मन्त्रालयलाई बुझाउँछ ।

तपाईंहरू वा विभागले गरेको अहिलेको छानबिनले सिन्डिकेटलाई रोक्न सफल होला ?

हेर्नुहोस्, वैदेशिक रोजगार व्यवसायको क्षेत्रमा अहिले नै प्रशस्त प्रतिस्पर्धा गर्ने ठाउँ छ । कुनै म्यानपावरले एक सय जना मात्रै माग ल्याउने क्षमता राख्छ भने कसैले हजार २ हजार ल्याउन सक्छ । आफ्नो बलबुताले ल्याउने मागलाई हामी सम्मान गर्छौं ।

तर त्यतिले मात्रै नभएर कुनै प्रकारको सिन्डिकेट गर्न खोजिन्छ भने हामी सबै व्यवसायी लिएर धर्नामा बस्न र सकडबाटै त्यसलाई प्रतिरोध गर्न तयार छौँ । तर कुनै पनि हालतमा यस्तो सिन्डिकेट हुन दिँदैनौँ । यो कतारमा मात्रै होइन, अरू कुनै देशमा हुन लागे पनि हामी त्यसो हुन दिँदैनौँ ।

प्रतिस्पर्धाको वातावरण हुँदाहुँदै सिन्डिकेट गर्न खोजिएको कारण चाहिँ के होला ?

यसमा स्वदेशीदेखि विदेशीसम्मको मिलेमतो र आर्थिक प्रलोभनको कुरा छ भन्ने सुनिन्छ । यो विकृति हो । यसलाई निमिट्यान्न पार्नुपर्छ । यसले त देशको बदनाम हुन्छ । दुई देशको सम्बन्ध धमिलो पार्छ ।

म्यानपावरले ४ महिनासम्म जम्मा १५ सय कामदार विदेश पठाएका छन् । यो भनेको औसत २ जना पनि हुँदैन, यो वर्ष सबै व्यवसायीले एक सय जनाको कोटा पु-याउन सम्भव छ ?

यो एकदमै महत्त्वपूर्ण विषय हो । कानुन भनेको सहजीकरण गर्ने खालको हुनुपर्छ । असारसम्म यस्तै अवस्था भयो भने सबै म्यानवापर खारेज हुने त ? यो त हुँदैन नि !

अहिलेको कोटा पु-याउन सबै व्यवसायी सक्षम हुँदैनन् ।  यसबारे मन्त्रिपरिषद्ले कानुन संशोधन गर्ने प्रक्रिया अघि बढाउन मन्त्रालयलाई निर्देशन दिइसकेको छ । श्रम मन्त्रालयले यो व्यवस्थालाई संशोधन गरेर सहुलियत दिने वातावरण बनाउँछ र चालू वर्षको हिउँदे सत्रमै यो समस्या समाधान भएर जान्छ भन्ने हामीले आशा गरेका छौँ ।

सरकारले सहजीकरण नगरिदिएकै कारण यस्ता श्रम गन्तव्य मुलुकको खोजी हुन पनि सकेको छैन । अहिले हेर्नुस् त क्यानडाले कति मान्छे मागेको छ, जापान, पोर्चुगल लगायत देशले कति मान्छे मागेको छ, त्यहाँ जाऊँ न त ? तर यसमा निजी क्षेत्रलाई अघि लिएर हिँडे मात्रै सफल हुन सकिन्छ । प्राइभेट सेक्टर मात्रै गएर मात्रै हाम्रो मान्यता हुँदैन । सरकार मात्रै गएर पनि त्यसको प्रभावकारिता हुँदैन । तर यसबारे राम्रोसँग छलफल हुन समेत सकेको छैन ।

अर्को कुरा, कुनै व्यवसायीले यो व्यवसाय छोड्छ भने उसको धरौटी रिलिज गर्न पनि सहज खुकुलो गर्नुपर्छ ताकि उनीहरूले अर्को व्यवसाय गर्ने स्रोत जुटाउन पाऊन् । सेवा शुल्क पनि कम्तीमा एक महिनाको तलब बराबर लिन पाउने बनाऔँ, बरु यसबाट राज्यले कर लिन्छ भने लेओस् । कानुन संशोधन हुँदा यी विषय पनि सुधार हुनुपर्छ । त्यो भयो भने वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको जस्तै अर्को ठूलो कोष भन्ने अवस्था हुनसक्छ । 

अहिलेको अवस्थामा सय जनाको व्यवस्थालाई खारेज गर्नुपर्छ । कसैले गलत ग¥यो भने विभागले कारबाही गर्न सक्दोरहेछ भन्ने त विभागले देखायो नि ? यस्तो अवस्थामा १०० जनाको कोटा किन चाहियो ? तर सरकारले यसो गर्न सक्दैन नै भने पनि महामारी अवधिमा यो व्यवस्था निलम्बन गर्ने वा यसलाई २ वर्षमा सय जनाको वा एक वर्षमा ५० जनाको व्यवस्था मात्रै गरिदिने हो भने यसले व्यवसायीलाई ठूलो राहत हुन्छ ।

अहिलेसम्म तपाईंहरू न्यून–भुक्तानी हुने गन्तव्यमा मात्रै केन्द्रित हुनभएको छ । जापान लगायत हाई–पे मुलुकमा चाहिँ कामदार पठाउन आफ्नो सहभागिताका लागि किन चासो देखाउनुहुन्न ?

हामीले चासो दिइरहेकै छौँ । मैले सङ्घमा बहाली भएपछि जापान गएँ । जापानका निजी क्षेत्रहरू हामीसँग सहकार्य गर्न तयार छ । यसमा सरकारको सहजीकरण मात्रै गरिदिए पुग्छ । तर सरकार यसमा सहजीकरण गर्न तयार छैन ।

ठीक छ, कोरियाले जी–टू–जी बिना कामदार नै लिँदैन भने त्यसमा सरकारले नै व्यवस्था गरेर कामदार पठाउनुपर्छ । अरू देशहरूमा त जी–टू–जीको कानुन नै छैन, त्यस्ता देशमा समेत त्यही सिस्टम लागू गरिँदै आएको छ ।

सरकारले सहजीकरण नगरिदिएकै कारण यस्ता श्रम गन्तव्य मुलुकको खोजी हुन पनि सकेको छैन । अहिले हेर्नुस् त क्यानडाले कति मान्छे मागेको छ, जापान, पोर्चुगल लगायत देशले कति मान्छे मागेको छ, त्यहाँ जाऊँ न त ? तर यसमा निजी क्षेत्रलाई अघि लिएर हिँडे मात्रै सफल हुन सकिन्छ । प्राइभेट सेक्टर मात्रै गएर मात्रै हाम्रो मान्यता हुँदैन । सरकार मात्रै गएर पनि त्यसको प्रभावकारिता हुँदैन । तर यसबारे राम्रोसँग छलफल हुन समेत सकेको छैन ।

तर भाषा सिकाउने, सीप सिकाउनेदेखि विदेश पठाउन सहजीकरण गर्ने ठाउँसम्ममा सरकारले हामीलाई स्पेस दिने हो भने हामी त्यसका लागि तयार छौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप