बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

गाडीको ठक्करबाट एक जनाको मृत्यु, चालक फरार

आइतबार, २१ मङ्सिर २०७७, ०८ : ५६
आइतबार, २१ मङ्सिर २०७७

गाईघाट– उदयपुर जिल्लाको बेलका नगरपालिका–८ सेतीखोलास्थित मदन भण्डारी लोकमार्ग खण्डमा शनिबार साँझ एक परिचय नखुलेको गाडीले ठक्कर दिँदा स्थानीय ३८ वर्षीय हरि खड्काको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार शनिबार साँझ घरबाट बाहिर सडक पार गरेर अर्को टोल जाने क्रममा रामपुर ठोक्सीलाबाट पूर्वतर्फ गइरहेको परिचय नखुलेको चारचक्के गाडीले खड्कालाई ठक्कर दिँदा खड्काको घटनास्थलमै मृत्यु भएको हो । 

तीव्रगतिमा आइरहेको गाडीले खड्कालाई ठक्कर दिएर गाडी र चालक फरार रहेका कारण गाडी र चालकको खोजी शुरु भइरहेको उदयपुरको प्रहरी प्रमुख भीमप्रसाद दाहालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप