बार्साको ३० वर्ष यताकै खराब सुरुवात, सन् १९९१ पछि क्याडिजसँग पहिलोपटक पराजित

नवप्रवेशी क्याडिजसँग बार्सिलोना सन् १९९१ पछि पहिलोपटक पराजित भएको छ । शनिबार राति भएको खेलमा बार्सिलोना एकविरुद्ध दुई गोलको अन्तरले पराजित भएको हो । रोचक कुरा, पछिल्लो पटक बार्सिलोना क्याडिजसँग पराजित हुँदा म्यानेजर रोनाल्ड कोम्यान खेलाडीका रुपमा बार्सिलोनाबाट खेल्थे ।
बार्सिलोनाले स्पेनिस ला लिगामा सन् १९८७–८८ पछि सबैभन्दा खराब शुरुवात गरेको हो । कोम्यानको टोलीले १० खेलपछि मात्र १४ अंक बटुल्न सकेको छ । ३२ वर्षअघि टोलीले यही अवस्थामा १३ अंक बटुलेको थियो । यो सिजन रियल म्याड्रिड र बार्सिलोना दुवैलाई हराएको क्याडिज १८ अंकसहित लिगको पाँचौ स्थानमा रहेको छ ।
खेलको शुरुवातमा नै अल्भारो जिमिनेजले क्याडिजलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा पेड्रो अल्कालाको आत्मघाती गोलको मद्दतले बार्सिलोनाले खेलमा बराबरी गर्यो । तर, लगत्तै म्यान्चेस्टर सिटीका पूर्व स्ट्राइकर अल्भारो नेग्रेडोले बार्सिलोनाको खराब डिफेन्सको फाइदा उठाउँदै टोलीलाई जीत दिलाए । ३५ वर्षीय खेलाडीले मैदान प्रवेश गरेको मात्र ४४ सेकेन्डमा गोल गर्न सफल भएका थिए ।
यो सिजन खराब सुरुवात गरेको बार्सिलोना पछिल्लो समय भने राम्रो प्रदर्शन गरिरहेको थियो । टोलीले सबै प्रतियोगितामा पछिल्ला ७ मध्ये ६ खेल जित्न सफल भएको थियो । तर, क्याडिजसँगको हारपछि बार्सा शीर्ष स्थानमा रहेका एथ्लेटिको म्याड्रिडभन्दा १२ अंकले पछि परेको छ भने च्याम्पियन्स लिग छनौटको स्थानमा ६ अंकले पछि छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३६७ किलो गाँजासहित ५ जना प्रहरीको नियन्त्रणमा
-
बागमतीका औद्योगिक ग्राम अलपत्र : न स्रोत छ, न व्यवस्थापन
-
पोखरामा निर्माण भएको गोदामघर प्रदेशलाई हस्तान्तरण
-
औद्योगिक ग्रामका लागि विधिवत् ढङ्गले अध्ययन भएको देखिएन : मन्त्री तामाङ
-
कपिलवस्तुमा शुद्धोधन गाउँपालिका अध्यक्ष चौधरीलाई लक्षित गरेर गोली प्रहार
-
किन घोषणामै सीमित भए औद्योगिक ग्राम ?