ad
केन्द्रीय संस्करण

बेलायतमा कोरनाका कारण मृत्यु हुनेको संख्या ६१ हजार नाघ्यो

person explore access_timeमंसिर २१, २०७७ chat_bubble_outline0

 

लन्डन । बेलायतमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेहरुको संख्या शनिबार साँझसम्म ६१ हजार नाघेको छ ।  ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले सार्वजनिक गरेको तथ्याँक अनुसार पछिल्लो २४ घन्टामा थप ३९७ जना कोरोना संक्रमितको ज्यान गएको छ । यससँगै बेलायतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६१ हजार १४ जना पुगेको छ । पछिल्लो एकसातामा तीन हजार ३८ जानको मृत्यु भएको छ । तर, कोरोना संक्रमणका कारण मृत्यु भएको प्रमाणपत्रका आधारमा भने मृतक  संख्या ६९ हजार ७५२ जना रहेको सरकारी तथ्यांक छ ।

कोरोना संक्रमितको संख्या १७ लाख नाघ्यो

यसैगरी बेलायतमा कोरोना संक्रमितको संख्या पनि शनिबार साँझ सम्म १७ लाख नाघेको छ । पछिल्लो २४ घन्टामा थप १५ हजार ५३९ जनामा नयाँ संक्रमण पुष्टि भएको स्वास्थ्य विभागले जानकारी दिएको छ । यससँगै बेलायतमा कुल संक्रमितको संख्या १७ लाख पाँच हजार ९७१ पुगेको छ ।

पछिल्ला दिनहरुमा हस्पिटल भर्ना हुने कोरोना संक्रमितको संख्यामा पनि कुनै कमि आएको छैन । बितेको २४ घन्टामा एक हजार ४४४ जना कोरोना संक्रमित भर्ना भएका छन् भने एक हजार २७४ जनाको भेन्टिलेटर बेडमा उपचार भैरहेको छ । हाल बेलायतका हस्पिटलमा १४ हजार ५५६ जनाको उपचार भैरहेको छ ।

यसैगरी बेलायतमा फाइजर बायोएनटेकले विकास गरेको कोरोना भाइरस विरुद्धको खोपको पहिलो डोज आगामी ८ डिसेम्बर मंगलबारबाट शुरु गरिने बताइएको छ । बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस) प्रमुख कार्यकारी क्रिस हप्सनले कोरोना विरुद्धको भ्याक्सिन्लाई म्याराथनको संज्ञा दिंदै आगामी मंगलबारबाट दौड शुरु हुने बताएका छन् । बेलायतले फाइजर बायोएननटेकले उत्पादन गरेका कोभिड खोपको ४ करोड डोज अर्डर गरिसकेको छ । जसबाट एक मानिसलाई दुई डोजका दरले कुल २ करोड मानिसलाई खोप प्रदान गर्न सकिनेछ  ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.