विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या १५ लाख नाघ्यो
शनिबार, २० मङ्सिर २०७७, २३ : ०२

एजेन्सी । विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या १५ लाख नाघेको छ । कोरोना भाइरस संक्रमणको तथ्यांक सार्वजनिक गर्दैै आएको वल्ड्रो मिटरका अनुसार विश्वभर संक्रमणबाट मृत्यु हुनेको संख्या १५ लाख २९ हजार १ सय ७३ पुगेको हो । त्यस्तै विश्वभर संक्रमितहरुको संख्या ६ करोड ६५ लाख १४ हजार ३ सय ९१ पुगेको छ भने निको भएर फर्किनेहरुको संख्या ४ करोड ६० लाख १० हजार ९ सय पुगेको छ ।
संक्रमणबाट सबैभन्दा बढी प्रभावित मुलुक अमेरिका भएको छ । अमेरिकामा अहिलेसम्म २ लाख ८६ हजार २४ जनाको मृत्यु भैसकेको छ भने संक्रमितहरुको संख्या १ करोड ४८ लाख ९ हजार ९ सय २७ पुगेको छ । अमेरिकापछि भारत, रुस, ब्राजिल, फ्रान्स, बेलायत, स्पेन लगायतका मुलुकहरु संक्रमणबाट धेरै प्रभावित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माल्टामा नेपालको पर्यटन प्रवर्द्धन गर्ने पहल, ‘नेपाल डे’ मनाइँदै
-
पतिबाट बच्चा नहुने भएपछि जेठाजुसँग शारीरिक सम्बन्ध राख्न दबाब
-
टिकापुर बहुमुखी क्याम्पसमा नेविसंघका साउँद अध्यक्षमा विजयी
-
तीनकुने घटना : थप तीन जना प्रहरी नियन्त्रणमा
-
मुम्बई आक्रमणका अभियुक्त तहव्वुर राणाको सुपुर्दगी सफल : एनआईए
-
नयाँ वर्षमा सुनराको स्कुटर किन्दा ६० हजारसम्म छुट