मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या १५ लाख नाघ्यो

शनिबार, २० मङ्सिर २०७७, २३ : ०२
शनिबार, २० मङ्सिर २०७७

एजेन्सी । विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या १५ लाख नाघेको छ । कोरोना भाइरस संक्रमणको तथ्यांक सार्वजनिक गर्दैै आएको वल्ड्रो मिटरका अनुसार विश्वभर संक्रमणबाट मृत्यु हुनेको संख्या १५ लाख २९ हजार १ सय ७३ पुगेको हो । त्यस्तै विश्वभर संक्रमितहरुको संख्या ६ करोड ६५ लाख १४ हजार ३ सय ९१ पुगेको छ भने निको भएर फर्किनेहरुको संख्या ४ करोड ६० लाख १० हजार ९ सय पुगेको छ ।

संक्रमणबाट सबैभन्दा बढी प्रभावित मुलुक अमेरिका भएको छ  । अमेरिकामा अहिलेसम्म २ लाख ८६ हजार २४ जनाको मृत्यु भैसकेको छ भने संक्रमितहरुको संख्या १ करोड ४८ लाख ९ हजार ९ सय २७ पुगेको छ । अमेरिकापछि भारत, रुस, ब्राजिल, फ्रान्स, बेलायत, स्पेन लगायतका मुलुकहरु संक्रमणबाट धेरै प्रभावित भएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप