
अपाङ्गता भएका व्यक्तिलाई साइकल
नेपाल सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङले अब अपाङ्गता भएका व्यक्तिले घरमै बसी विश्वसँग जोड्ने सञ्जाल निर्माण गर्न सकिने बताएका छन् । अपाङ्ग दिवसको अवसरमा आज वीलचियर वितरण गर्दै मन्त्री गुरुङले डिजिटल नेपाल बनाउने अवधारणअनुरुप अब मुलुक डिजिटल हुने र जसको माध्यमबाट अपाङ्ग व्यक्तिले घरमै बसीबसी विश्वसँग जोडिने बताए ।
अपाङ्गता महासङ्घ, स्थानीय तह तथा सरोकारवाला निकायले डिजिटल प्रविधि प्रयोग गर्नका लागि अपाङ्गता भएका व्यक्तिलाई आवश्यक तालिम तथा अन्य प्राविधिक सहयोग गर्नुपर्ने उनको धारणा थियो । सो अवसरमा मन्त्री गुरुङले शारीरिकरूपमा अशक्त २३ महिला र ३५ पुरुषलाई सहाराको रूपमा ह्वीलचियर वितरण गरे ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ