शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बलात्कारको आरोपमा एक पक्राउ

शनिबार, २० मङ्सिर २०७७, २१ : २५
शनिबार, २० मङ्सिर २०७७

बालिकालाई बलात्कार गरेको आरोपमा दोगडाकेदार गाउँपालिका–६ सित्तडका १७ वर्षीय एक किशोर पक्राउ परेका छन् ।

यही मङ्सिर १६ गते आफ्नै घरमा लगेर १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ती युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज एंव प्रहरी निरीक्षक धनदेव साउदका अनुसार उमेर नपुगेकाले पक्राउ परेका किशोर तथा किशोरीको नाम सार्वजनिक गरिएको छैन । दुवै जनाको जन्मदर्ता मगाएर थप अनुसन्धानको काम भइरहेको उनको भनाइ छ । 

पिडीत किशोरीका आफन्तको उजुरीका आधारमा जबरजस्तीकरणी उद्योगमा मुद्दा दर्ता भई अनुसन्धान भइरहेको बैतडीका प्रहरी प्रमुख एंव प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनले भने, “ जिल्ला अदालत बैतडीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिसकेका छौँ, प्रारम्भिक अनुसन्धानबाट दुवै जनामा प्रेम सम्बन्ध रहेको र आफन्तले थाहा पाएपछि उजुरी गरेको खुल्न आएको छ”, पक्राउ परेका किशोर प्रहरी हिरासतमा रहेका छन् भने किशोरी आफन्तसँगै रहेकी जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

यसअघि गत हप्ता पनि किशोरी बलात्कारको घटना गाउँमै मिलापत्र गराएको आरोपमा सिगास गाउँपालिका–३ का वडाध्यक्षसहित छ जनालाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप