केन्द्रीय संस्करण

मुख्यमन्त्री शाहीद्वारा दुःख व्यक्त

person explore access_timeमंसिर २०, २०७७ chat_bubble_outline0

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले चार जनाका ज्यान लिने र सात जना घाइते हुनेगरी भएको हुम्ला जीप दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

मुख्यमन्त्री शाहीले हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयाको जबुका नजिकै शुक्रबार राति लु २ च २१०२ नम्बरको बलेरो जीप दुर्घटना हुँदा चार जनाले ज्यान गुमाएको दुःखद् खबरले प्रदेश सरकारलाई मर्माहित बनाएको बताए ।

उनले एक शोक विज्ञप्तिमार्फत दुर्घटनामा जीवन गुमाउने चारै जनाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना र घाइते सातै जनाको शीघ्र स्वास्थ्यलाभको कामना गरे । 

मुख्यमन्त्री शाहीले मृतक परिवारलाई राहत तथा घाइतेको उपचारका लागि प्रदेश सरकारले आवश्यक पहल गर्ने बताउँदै दुर्घटनाबारे तत्काल खबर गर्ने स्थानीयवासी तथा मिडिया जगत, उद्धारमा खटिने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सम्पूर्णप्रति हार्दिक कृतज्ञता प्रकट गरे ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.