बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ मा  ९२ जना सङ्क्रमित

शनिबार, २० मङ्सिर २०७७, १८ : १३
शनिबार, २० मङ्सिर २०७७

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ३२ महिलासहित ९२ जना कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा झापामा ४४, सुनसरीमा २८, मोरङमा आठ, विराटनगरमा दुई, इलाममा पाँच, सोलुखुम्बुमा चार, ताप्लेजुङमा एक र प्रदेश बाहिरका दुई जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा १६८ जना निको भएर घर फर्किएका छन् भने अहिलेसम्ममा २२ हजार ८९९ जना कोरोना सङ्क्रमणबाट मुक्त भएको मन्त्रालयले जनाएको छ । यसप्रदेशमा आज ४९२ जनासहित अहिलेसम्ममा कूल एक लाख ९५ हजार ३३१ जनाको पिसिआर परीक्षण गरिएको भइसकेको छ भने हालसम्ममा प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या २८ हजार ४७ जना पुगेको मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप