सचिवालय बैठकमा बादलको प्रस्ताव वामदेवले गरे अस्वीकार
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शनिबार बसेको सचिवालय बैठकमा सचिवालय सदस्य रामबहादुर थापा बादलले कार्यदल बनाएर संकटको समाधान खोज्नुपर्ने प्रस्ताव गरेका छन् ।
बैकमा छलफलका क्रममा नेता थापाले यस्तो प्रस्ताव गरेपछि महासचिव विष्णु पौडेलले समर्थन गरेका थिए ।
एक सचिवालय सदस्यका अनुसार त्यसपछि बोलेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले पनि प्रस्तावलाई धेरै राम्रो भन्दै कार्यदलको संयोजक उपाध्यक्ष वामदेव गौतमलाई बस्न आग्रह गरेका थिए ।
‘धेरै राम्रो कुरा गर्नुभयो । यो वामदेव कमरेडको नेतृत्वमा बनाऔं,’ बैठकमा भनेको भनाई उदृत गर्दै ती सचिवालय सदस्यले रातोपाटीलाई भने ।
त्यसपछि उपाध्यक्ष गौतमको बोल्ने पालो आएपछि उनले आफू सो कार्यदलमा नबस्ने बताएका थिए । ‘म यस्तो कार्यदलमा बस्दिनँ म फरक प्रस्ताव बोकेर आएको छु । यो कार्यदलले केही हुँदापनि हुँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवाहरूले बिदेसिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेको छ : अर्थमन्त्री वाग्ले
-
सहकारी ठगको पैसा सरकारी बजेटबाट तिर्न सुरु गरे वर्तमान व्यवस्था नै ढल्छ : दुर्गा प्रसाईं
-
बालेन सरकारले सय दिन नपुग्दै तमाम गल्ती गरिसक्यो, जनताले विकल्प खोज्दै छन् : राणा
-
पटना गोलीकाण्डका अभियुक्त विराटनगरमा मृत फेला
-
नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा
-
इरान–अमेरिकाबिचकाे युद्ध अन्त्य गर्ने प्रयास तीव्र, कतारकाे उच्चस्तरीय टाेली तेहरानमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण