शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सचिवालय बैठकमा बादलको प्रस्ताव वामदेवले गरे अस्वीकार

शनिबार, २० मङ्सिर २०७७, १७ : ४६
शनिबार, २० मङ्सिर २०७७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शनिबार बसेको सचिवालय बैठकमा सचिवालय सदस्य रामबहादुर थापा बादलले कार्यदल बनाएर संकटको समाधान खोज्नुपर्ने प्रस्ताव गरेका छन् । 
बैकमा छलफलका क्रममा नेता थापाले यस्तो प्रस्ताव गरेपछि महासचिव विष्णु पौडेलले समर्थन गरेका थिए ।

एक सचिवालय सदस्यका अनुसार त्यसपछि बोलेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले पनि प्रस्तावलाई धेरै राम्रो भन्दै कार्यदलको संयोजक उपाध्यक्ष वामदेव गौतमलाई बस्न आग्रह गरेका थिए ।
 ‘धेरै राम्रो कुरा गर्नुभयो । यो वामदेव कमरेडको नेतृत्वमा बनाऔं,’ बैठकमा भनेको भनाई उदृत गर्दै ती सचिवालय सदस्यले रातोपाटीलाई भने । 

त्यसपछि उपाध्यक्ष गौतमको बोल्ने पालो आएपछि उनले आफू सो कार्यदलमा नबस्ने बताएका थिए । ‘म यस्तो कार्यदलमा बस्दिनँ म फरक प्रस्ताव बोकेर आएको छु । यो कार्यदलले केही हुँदापनि हुँदैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप