शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

२४ घण्टामा थप १०२४ जनामा कोरोना संक्रमण पुष्टि, देशभर १४ हजार २५५ सक्रिय संक्रमित

शनिबार, २० मङ्सिर २०७७, १६ : ३०
शनिबार, २० मङ्सिर २०७७

पछिल्लो २४ घण्टामा देशभर १०२४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा ४०२ महिला र ६२२ पुरुष रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  बितेको २४ घण्टामै देशभर २२०६ जना निको भएका छन् भने १० जनाको मृत्यु भएको छ । 
सो बीचमा ६ हजार ७४ जनाको कोरोना परीक्षण भएको थियो । 

मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ भने निको हुनेको संख्या २ लाख २४ हजार ५३ जना रहेको छ । 
यस्तै देशभर सक्रिय संक्रमित १४ हजार २५५ जना रहँदा निको हुने दर ९३.४ प्रतिशत रहेको छ । 

हालसम्म कोरोनाबाट कुल १५७७ जनाले ज्यान गुमाउँदै अझैपनि ५३६ जना क्वारेन्टिनमा रहेका छन् । 

यसैगरी शनिबार काठमाडौं उपत्यकामा ४६० जनामा संक्रमण पुष्टि भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप