प्रशासनको अनुरोध राजावादीले मानेनन्, तस्बिरमा हेर्नुहोस् प्रदर्शन

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँको अनुरोधलाई बेवास्ता गर्दै राजवादीहरुले शनिबार राजधानीमा प्रदर्शन गरेका छन् । राजतन्त्र पुनर्स्थापनाको माग गर्दै राजावादीहरुले राजधानीको माइतीघरमा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागीहरुले ‘गणतन्त्र धोका हो, संघीयता खारेज गरौँ, हिन्दु राष्ट्र कामय गर, मेची–काली के भन्छ नागरिक सरकार ल्याउ भन्छ, एमसीसी खारेज गरौँ जस्ता नारा लगाएका थिए ।
माइतीघरमा भेला भएका राजवादीहरुको जुलुस नयाँ वानेश्वरसम्म पुगेको थियो भने सो क्रममा ठूला संख्यामा सुरक्षाकर्मी परिचलन गरिएको थियो ।
केही दिनअघि मात्रै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा कोरोनाको संक्रमण फैलिनसक्ने भन्दै धर्ना, जुलुस, प्रदर्शन जस्ता गतिविधि नगर्न अनुरोध गरेको थियो ।
प्रदर्शनकारीहरुले सो आग्रहलाई बेवास्ता त गरेनन् कुनै सामाजिक दुरी समेत अपनाएनन् । राजावादीहरुले पछिल्लो समय काठमाडौँसहित देशभर प्रदर्शन गर्दै आएका छन् ।
हेरौं केही तस्बिरहरु
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरक्षणको पर्खाइमा सेकुङ ताल
-
इटालियन सिरी’एमा इन्टर मिलानको ‘सहज उपाधि यात्रा’मा धक्का
-
प्रिमियर लिगको उपाधि उचाल्न लिभरपुलले अझै कुर्नु पर्ने, आर्सनल जित्दा फेरियो माहोल
-
वानखेडेमा मुम्बईको शानदार जित, चेन्नई हेरेको हेर्यै
-
मनाङमा मोटर चलेको १५ वर्षपछि सार्वजनिक बस सेवा सञ्चालन
-
१२ बजे, १२ समाचार : राप्रपा नेता धवलशमशेरलाई हाजिर जमानीमा छाडियोदेखि रविकी पत्नी निकिताले दायर गरिन् रिटसम्म