बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सफाइ अभियानको ४०० हप्ता : यस्तो देखियो बागमती (फोटोफिचर)

शनिबार, २० मङ्सिर २०७७, १४ : २१
शनिबार, २० मङ्सिर २०७७

काठमाडौँ । सरकार तथा नागरिकस्तरबाट थालिएको बागमती सफाइ महाअभियान ४ सय हप्तामा पुगेको छ । फोहोरले भरिएर दुर्गन्धित र कुरुप बनेको बागमती नदीबाट केही भनेपनि फोहोर हटेको छ भने तुलनात्मक रुपमा सफा पानी बग्न थालेको छ । 

पूर्व मुख्यसचिव लिलामणि पौडेलको नेतृत्वमा २०७० साल जेठ ५ गतेदेखि बागमती सफाई महाअभियान सुरु भएको थियो । विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले नियमित शनिवार बागमती नदीका विभिन्न स्थानमा पुगेर सफाइ गर्दै आइरहेका छन् । 

यो अवधिमा बागमती संरक्षणका लागि सचेतना जगाउन तथा नदीमा फ्याँकिएको फोहोर हटाउन उल्लेख्य रुपमा नागरिक सहभागी भएका छन् । यो अभियानमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल टेलिकम, चलचित्र कलाकार संघ, विज्ञापन संघ, विभिन्न कलेजलगायत विभिन्न सामाजिक संघ संस्थाका कर्मचारी तथा प्रतिनिधिहरु सहभागी हुने गरेका छन् । 

लिच्छवीकालभन्दा पहिलेदेखि मानव सभ्यातासँग गाँसिएको नदी सरकारको नीति र शहरबासीको गैरजिम्मेवारीपनाका कारण फोहोरले छोपिएर अस्तित्वविहिन बन्न पुगेको थियो । प्रत्येक शनिवार शनिवार नागरिकस्तरबाट स्वतस्फूर्तरुपमा बागमती सफाई थालेपछि नदीबाट दुर्घन्ध हटेको छ भने नदीमा सफा पानी बग्न थालेको छ । 

नदीका किनारमा विभिन्न संघसंस्थाको पहलमा बगैँचा निर्माण पनि भइरहेको छ । नदी किनारमा २६ वटा पार्क निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 

साथै वागमती नदीमा मिसाइने ढल व्यवस्थित गर्नका लागि नदी किनारमा ढलका लागि छुट्टै निकास बनाएर प्रशोधसनपछि नदीमा छोड्ने प्रणालीको पनि स्थापना भइरहेको छ । गुहेश्वरीमा पानी प्रशोधन केन्द्र बनाएपछि पशुपती क्षेत्रस्थित बागमती नदीमा सफा पानी बग्न थालेको छ । यस्तै काठमाडौँको सुन्दरीघाटमा पनि ढल प्रशोधन केन्द्रको निर्माण भइरहेको छ । 

प्रत्येक शनिवार बिहान नागरिकस्तरमा २ घण्टा समय दिएर नदी सफाइ गरिँदै आएको छ । पछिल्लो समय खोलामा फाहोर फ्याँक्नुहुँदैन भन्ने नागरिकहरुमा पनि चेतना बढेको बताइन्छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप