बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सामुदायिक स्वास्थ्य प्रवर्द्धन महिला स्वयंसेविकाहरूको भूमिका महत्वपूर्णः दाहाल

शनिबार, २० मङ्सिर २०७७, ११ : ५७
शनिबार, २० मङ्सिर २०७७

 भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सामुदायिक स्वास्थ्य प्रवर्धनमा महिला स्वयंसेविकाहरूको भूमिका महत्वपूर्ण भएको बताएकी छिन् । १७ औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसर पारेर  शनिबार आयोजित कार्यक्रममा उनले सो कुरा बताएकी हुन् ।

‘कोभिड १९ को रोकथाम र समृद्धिका लागि संयुक्त कार्य महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाको भूमिका अपरिहार्य’ भन्ने मुल नाराका साथ शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रले आयोजना गरेको कार्यक्रममा प्रमुख दाहालले महानगरपालिकाले स्वास्थ्य क्षेत्रलाइ उच्च प्राथमिकतामा राखि कामहरू अगाडि बढाइरहेको बताइन् । उनले महिला स्यवंसेविकाहरूलाई उच्च मनोबलका साथ समुदायमा काम गर्न आग्रह गरिन् । 

कार्यक्रममा समुदायको स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएको महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गर्दै उनले साइकल वितरण गरिन् ।
उनले आउदा दिनहरूमा यहाँको सेवालाइ अझै प्रभावकारी बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै महानगरपालिकाले महानगरको कुल बजेटको १० प्रतिशत बजेट स्वास्थ्य क्षेत्रमा बिनियोजन गरी यस क्षेत्रको गुणस्तरिय सेवा प्रवाहमा लागिरहेको धारणा राखिन् । 

शिवनगर स्वास्थ्य चौकीको स्तर उन्नती गरी १५ श्य्याको सुबिधा सम्पन्न अस्पतालको रूपमा बिकास गर्न महानगर लागिपरेको बताउदैं उनले त्यसका लागि संघिय सरकारसंग बजेट माग गरिएको जानकारी दिइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप