एचआइभी सङ्क्रमित बढ्दै
कञ्चनपुरमा एचआइभी एड्सका बिरामीको सङ्ख्या बढ्दै गएको छ । यहाँ खासगरी भारतका विभिन्न ठाउँबाट फर्किनेमा यसको सङ्क्रमण बढी मात्रामा देखिने गरेको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।
स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा हालसम्म ५४९ जना एचआइभी सङ्क्रमित छन् । “केही वर्षयताको बिरामीको रेकर्ड हेर्दा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ”, स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले भने, “भारतबाट काम गरेर फर्किने नेपालीमा धेरै एचआइभी एड्सको सङ्क्रमण देखिने गरेको छ ।”
आर्थिक वर्ष २०७३/७४ मा २१ जनामा एचआइभी सङ्क्रमित पुष्टि भएको थियो, भने ०७४/७५ मा थप २८ जना सङ्क्रमित थपिएका थिए । त्यसैगरी आव ०७५/७६ मा ४५ जना सङ्क्रमित थपिए भने ०७६/७७ मा थप ३३ जनामा एचआइभीका नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य कार्यालयको रेकर्डमा उल्लेख छ ।
त्यसैगरी चालु आवको हालसम्म १३ जना एचआइभीका नयाँ सङ्क्रमित फेला परेको सुनारले जानकारी दिनुभयो । हाल यहाँ २८३ जना नियमित औषधि सेवन गरिरहेका छन् । चालु आवको चार महिनाको अवधिमा १३ जना नयाँ सङ्क्रमित थपिएकाले यो वर्ष अझ बढ्न सक्ने प्रमुख सुनारको भनाइ छ । कोरोना महामारीका कारण थुप्रै मानिसले बसाइ सरेको कारणले पनि एचआइभी एड्सका बिरामी बढ्न सक्ने स्वास्थ्यकर्मीको अुनमान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्रीले जवाफ नदिए प्रदेश सभा अवरुद्ध गर्ने माओवादीको चेतावनी
-
मसीजन्य पत्रिका प्रयोग गरी प्रशोधन गर्दै गरेको ६४ किलो केक नष्ट
-
अध्यक्ष प्रचण्ड खबरदारी सभामा सहभागी हुन म्याग्दी जाँदै
-
चितवनमा प्रिमियम र स्मार्ट नामी सार्वजनिक
-
नेपाल चेम्बर अफ कमर्स एक्सपोमा कजारिया टाइल्स
-
सरकारले जनताको माग र आवश्यकतालाई पहिलो प्राथमिकतामा राखेको छ : उपप्रधानमन्त्री सिंह