भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९५ लाख ७१ हजार नाघ्यो
एजेन्सी । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९५ लाख ७१ हजार भन्दा बढी भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ । भारतमा बिहीबार थप ३६ हजार ५९५ जना थप व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कोरोना भाइरस संक्रमितको संख्या ९५ लाख ७१ हजार ५५९ पुगेको सो मन्त्रालयले जानकारी दिएको हो । जसमध्ये ९० लाख १६ हजार २८९ व्यक्ति संक्रमणमुक्त भएका छन् ।
सो मन्त्रालयका अनुसार हाल ४ लाख १६ हजार ८२ व्यक्ति अझै पनि सक्रिय संक्रमित अवस्थामा छन् । भारतमा एकै दिनमा ५० हजारभन्दा कम संक्रमित भेटिएको यो लगातार २७ औं दिन हो । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ३९ हजार १८८ पुगेको छ ।
भारतभरी सव भन्दा बढी कोरोना भाइरस प्रभावित राज्य महाराष्ट्र, केरला र राजधानी शहर दिल्ली रहेको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषदले भारतमा कूल १४ करोड ४७ लाख २७ हजार नमूना परीक्षण गरेको जनाएको छ । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
क्रान्तिकारी कम्युनिस्ट र मशालबिच पार्टी एकता हुने
-
हङ्कङ र काठमाडौँमा प्रदर्शन हुँदै फिल्म ‘युक्पुङ’
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर