शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

दूर्लभ वन्यजन्तु सालकको खपटासहित एक पुरुष पक्राउ

शुक्रबार, १९ मङ्सिर २०७७, १७ : ४४
शुक्रबार, १९ मङ्सिर २०७७

ओखलढुंगा । प्रहरीले दुर्लभ वन्यजन्तु सालकको खपटा र एक थान लोपोन्मुख मृत चरासहित एकजना पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर जिल्ला रामप्रसाद राई गाउँपालिका वडा नं. १ साविकको ओख्रे गाविसका ईच्छाकुमार राई रहेका छन् ।

गत बिहिवार नियमित चेकजाँचका क्रममा शंका लागेर राईले बोकेको झोला खानतलासी गर्दा उनको साथबाट १ किलो ५ सय ७० ग्राम सालकको खपटा र हरियो रंगको कार्वनभित्र बेरेर राखिएको मृत खैरो कालो रंगको लोपोन्मुख चरा १ थान फेला परेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी निरिक्षक शिव कट्टेलले जानकारी दिए ।

जिल्ला प्रवेश गर्ने मुख्य नाका हर्कपुरस्थित माझीगाउँबाट उनलाई नियन्त्रणमा लिईएको प्रहरीको भनाई छ । नियन्त्रणमा लिए लगत्तै उनलाई बरामद सामानसहित डिभिजन वन कार्यलय ओखलढुंगाको जिम्मा लगाइएको प्रहरी निरीक्षक कट्टेलको भनाई छ ।

डिभिजन वन कार्यलयले राईविरुद्ध संरक्षित वन्यजन्तु ओसारपसार शिर्षकमा मुद्धा दायर गरेको सहायक डिभिजन वन अधिकृत जमानसिंग मोक्तानले बताए । हाल उनी प्रहरी हिरासतमा रहेको र आवश्यक अनुसन्धान भैरहेको सहायक डिभिजन वन अधिकृत मोक्तानको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप