उपत्यकामा पिक आवरमा मोबाइल भ्यान चलाउन रोक

काठमाडौँ । ट्राफिक प्रहरी महाशाखा प्रमुखका रुपमा आएका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले आफ्नो कार्यकाल सुरु गरेका छन् । यसअघिका प्रमुख एसएसपी भिम प्रसाद ढकालको सरुवासँगै उनी महाशाखामा आएका हुन् ।
काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनको जिम्मेवारी सम्हालेको एक सातामै भट्टराईले पिक आवरमा मोबाइल भ्यान चलाउन रोक लगाएका छन् । कार्यालय लाग्ने र छुट्टी हुने समयमा हुने ट्राफिक जाम नियन्त्रण गर्न सामान बोक्ने ‘मोबाइल भ्यान’ चल्न नदिइने भट्टराईले बताए ।
शुक्रबार बग्गीखानास्थित आफ्नो कार्यकक्षमा पत्रकारहरुसँग कुरा गर्दै भट्टराईले भने, ‘पिक आवरमा मोबाइल भ्यान हटाउने निर्णय गरेको छु, साना–साना प्रयास गरेर जाम घटाउन सकिन्छ भन्ने मलाई विश्वास छ ।’
जोरबिजोर प्रणाली हटाउने औपचारिक निर्णय भएको छैन । तर, व्यवहारमा सो निर्णय कार्यान्वयन भएको देखिँदैन । त्यसैले काठमाडौं उपत्यकामा जाम बढ्दैछ । कोटेश्वर, चाबहिल, कालीमाटी र माछापोखरी क्षेत्रमा आजभोलि अत्याशलाग्दो जाम हुन थालेको छ ।
ट्राफिक बत्तीको संख्या बढाउने र बत्तीको सिस्टम सुधार्नेतर्फ पनि आफू लागिपरेको उनले बताए ।
‘ट्राफिक व्यवस्थापन गर्न आधुनिक प्रविधिको शुरुवात गर्नेबारे मेरो प्रयास हुन्छ,’ उनले भने, ‘कालीमाटीलगायतका ठाउँमा पुलको चौडाइ सानो हुनाले पनि समस्या भएको छ, ती समस्या तत्काल समाधान हुँदैनन्, तर जाम घटाउने प्रयास चाहिँ गर्छु ।’
जथाभावी बाटो काट्नेलाई ट्राफिक प्रहरीले सचेतना कक्षा दिने तयारी गर्दैछ । आकाशे पुलमुनीबाट बाटो काट्ने समस्याले दुर्घटना बढेको ट्राफिक प्रहरीको विष्लेषण छ ।
‘महानगरपालिका र स्थानीय प्रहरीसँग समन्वय गर्दै स्वयंसेवक समेत परिचालन गरेर सचेतना कक्षा दिनेबारे निर्णय गर्दैछु’ भट्टराईले भने ।
निजी र सार्वजनिक सवारी चालक सिटको अगाडि सचेतनामुलक स्टिकर टाँस्ने योजना माहाशाखाले सार्वजनिक गरेको छ ।
‘निजी गाडीले जथाभावी पार्किङ गर्ने र सार्वजनिक सवारीले जथाभावी पिक एण्ड ड्रप गर्ने समस्या छ,’ एसएसपी भट्टराई भन्छन्, ‘चालक सिट अगाडि सचेतनामुलक स्टिकर टाँसेमा सो समस्या केही हदसम्म हल गर्न सकिन्छ ।’
उपत्यकाको ट्राफिक जामको समस्या समाधान गर्न यातायात व्यवस्था विगभाले भेहिकल ट्रयाकिङ सिस्टम ल्याउन लागेको बताइएको छ । सो सिस्टमबाट सवारीको गति मापन गर्न मिल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीलाई हराउँदै बैंग्लुरु आईपीएलको शीर्ष स्थानमा
-
जेठभित्र सिंहदरबारमा मेलम्चीको खानेपानी जोडिँदै
-
पहलगाम आक्रमणपछि नेपाल-भारत सीमा क्षेत्रमा कडा निगरानी
-
१२ बजे, १२ समाचार : हिंसात्मक बन्यो शिक्षक आन्दोलनदेखि .गगन थापाविरुद्ध अवहेलना मुद्दा दर्तासम्म
-
शिक्षक र सञ्चारकर्मीमाथिको दमन निन्दनीय छ : माओवादी केन्द्र
-
शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले दमन गर्यो : क्रान्तिकारी कम्युनिस्ट पार्टी