बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

राजधानीको चाबहिलमा सहकारी बजार स्थापना, मन्त्री अर्यालले गरिन् उद्घाटन

शुक्रबार, १९ मङ्सिर २०७७, १७ : २२
शुक्रबार, १९ मङ्सिर २०७७

काठमाडौं । राजधानीको चाबहिलमा केन्द्रीय सहकारी बजारको स्थापना भएको छ । सहकारी बजार विकास कार्यक्रम अन्तर्गत नेपाल सरकार र युएनडीपीको सहयोगमा उक्त बजारको स्थापना भएको हो । शुक्रबार एक कार्यक्रमका बीच भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्यमाकुमारी अर्यालले सो बजारको उद्घाटन गरेकी छिन् । 

भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र युएनडिपीको सहकार्यमा सञ्चालित ‘सहकारी बजार विकास कार्यक्रम’को सहयोगमा कृषि–बिउ, तरकारी तथा फलफूल केन्द्रीय सहकारी संघ लिमिटेडले निर्माण गरेको केन्द्रीय सहकारी बजारको उद्घाटन गरिएको हो । 

केन्द्रीय सहकारी बजारको उद्घाटन गर्दै मन्त्री अर्यालले सहकारीबाट उत्पादित सामाग्रीहरुको बजारीकरण आजको आवश्यकता रहेको बताउँदै सो बजारले कृषकको समस्या सम्बोधन गर्नेमा विश्वास व्यक्त गरिन् ।  ‘सहकारीमार्फत उत्पादित सामग्रीको बजारीकरण आजको प्रमुख चुनौती हो । यही कुरालाई दृष्टिगत गरेर सरकारले सहकारी बजार विकास कार्यक्रम सञ्चालन गरेको हो’ मन्त्री अर्यालले भनिन्, ‘सहकारीमार्फत उत्पादित सामग्री सहकारीमार्फत नै बजारीकरण गर्नका निम्ति यो कार्यक्रमको सञ्चालन गरिएको हो । यसले कृषकको समस्या सम्बोधन गर्नेमा म विश्वस्त छु । अब यसलाई यहाँ मात्र सिमित गर्ने होइन, देशब्यापी बनाउन आवश्यक छ’ मन्त्री अर्यालले भनिन् ।

किसानले उत्पादन गरेको उत्पादित सामग्रीले बजार नपाएर सडकमा पोख्नुपर्ने, नष्ट गर्नुपर्ने अवस्थाको अन्त्य गर्न सहकारी बजार विकास कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने मन्त्री अर्यालले बताइन् ।  ‘किसानले उत्पादन गरेको तरकारी, अण्डा, फलफूल, दुध लगायतका सामग्री बाटोमा पोख्नुपर्ने, नष्ट गर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ । किसानलाई उत्साहित बनाउन सकिएन भने, उत्पादन गरेर मात्र प्रगती हुँदैन’ मन्त्री अर्यालले भनिन्, ‘किसानहरुलाई उत्साहित बनाउन पनि बजारको व्यवस्थापन आवश्यक छ । सहकारीसँग प्रशस्त पैसा छ । पैसाको कमी होइन । कमी व्यवस्थापनको हो । अब सहकारीहरुले यतातर्फ पनि ध्यान दिनुपर्छ’ अर्यालले भनिन् ।

किसान र उपभोक्ता बीचको बिचौली कम गर्न पनि यस्तो बजारको आवश्यकता रहेको मन्त्री अर्यालको भनाई छ ।  हाल नेपाल सरकार र युएनडिपीको सहकार्यमा बाग्मती प्रदेशका ६ जिल्लाका १८ पालिकामा सञ्चालित ७१ वटा सहकारीहरु मार्फत यो कार्यक्रम सञ्चालित छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप