आन्दोलनरत कर्मचारी र वीर अस्पताल प्रशासनबीच ५ बुँदे सहमति
काठमाडौं । आन्दोलनको ४६ औं दिनमा वीर अस्पतालका आन्दोलनरत कर्मचारी र अस्पताल प्रशासनका पदाधिकारीबीच सहमति भएको छ । आन्दोलनरत कर्मचारी र प्रतिष्ठानका पदाधिकारीबीच पाँच बुँदे सहमति भएको अस्पतालका निर्देशक डा. केदारप्रसाद सेन्चुरीले बताए । दुवै पक्षबीच सहमति लगतै विरोधका सबै कार्यक्रम स्थगित गरेको नेपाल स्वास्थ्यकर्मी संघ वीर अस्पतालका अध्यक्ष खुबराज आचार्यले बताए । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र आदोलनरत कर्मचारीबीच भएको सहमति कार्यान्वयन हुन भने ६ हप्ता लाग्ने निर्देशक डा. सेन्चुरीले बताए ।
यस्तो छ ५ बुँदे सम्झौता
१.मागमा सम्बन्धमा कोभिड भत्ता वितवरणमा देखिएका त्रुटि सम्बोधनमा अस्पताल प्रशासन र आन्दोलरत पक्षको प्रतिनिधि समेतको समिति बनाई समानूपातिक वितरणका आधारमा सुधार गरी वितरण गर्ने व्यवस्था गर्ने । कोभिड बीमा क्षतिपूर्तिका सम्बन्धमा सम्बन्धित पक्षसँग छलफल गरी आवश्यक निर्णय गर्ने । कर्मचारीहरूले पाउने आ.व ०७६/०७७ को औषधि खरिद खर्च कार्यकारी परिषद्बाट निर्णय गरी आगामी ७ दिनमा उपलब्ध गराउने । सेवा विस्तार भत्ताका सम्बन्धमा आगामी ६ हप्ताभित्र २ महिनाको भत्ता उपलब्ध गराउने र बाँकी नियमित गर्दै जाने ।
२.अस्पतालका पूर्ववत् सेवाहरूसहित थप सेवाहरू अझै प्रभावकारी रूपले सञ्चालन गर्ने ।
३. प्रतिष्ठानमा सेवातर्फ कार्यरत कर्मचारीको तलब भत्ता र अवकाशपछि प्राप्त हुने सेवा सुविधा उपलब्ध गराउनका लागि नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समक्ष पत्राचार गर्ने ।
४. सम्मानित सर्वोच्च अदालतको फैसाला बमोजिमः
क) चि.वि.रा.प, राष्ट्रिय ट्रमा सेन्टरलाई चि.वि.रा.प्र वीर अस्पतालअन्तर्गत रहने गरी भएको निर्णय कार्यान्वयनका लागि नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समक्ष अनुरोध गर्ने ।
ख) प्रतिष्ठानमा कार्यरत कर्मचारीको वृत्ति विकास चि.वि. र.प्र ( कर्मचारी सेवाका शर्त तथा सुविधा सम्बन्धी) नियमावली बमोजिक गराउने ।
५.उपरोक्त बुँदाहरूमा उल्लेखित सहमति बमोजिमको कार्यान्वन्यका लागि आजैका मितिबाट बन्द ताला खोली ६ हप्ता सम्मका लागि आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गर्ने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघीय निजामती सेवा विधेयकको प्रस्तावना संशोधन गर्न सहमति
-
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बढुवा भएका कर्मचारीलाई ६ महिना कैद
-
मधेस सरकारको कामकाज भाषाको प्रस्तावप्रति आपत्ति
-
सिमेन्ट महँगो भएर निर्माण कार्य गर्नै नसक्ने अवस्था आएको छ : सांसद श्रेष्ठ
-
रावलको पक्षमा लाग्ने अछामका ६ जना एमाले नेताको जिम्मेवारी खोसियो
-
गृहमन्त्री लेखक र एडीबी निर्देशकबिच भेटवार्ता