बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नबिल बैंक र वान टु वाच बीच लघु, साना तथा मझौला उद्यमीहरूलाई सहयोग गर्न सहकार्य

शुक्रबार, १९ मङ्सिर २०७७, १६ : ३६
शुक्रबार, १९ मङ्सिर २०७७

काठमाडौं । नेपालकै अग्रणी वाणिज्य बैंक, नबिल बैंक र वान टु वाच, एक लगानी प्रबर्धन कम्पनीले संयुक्त रूपमा “कोभिड १९ एमएसएमई कोष नेपाल” अन्तर्गत लघु, साना तथा मझौला उद्यम (एमएसएमई)हरुलाई ब्याज मुक्त र धितो रहित कर्जा प्रदान गर्ने सम्झौता गरेको छ । 

यस रणनीतिक साझेदारीमा लघु, साना तथा मझौला उद्यमहरूलाई कोविड १९ बाट प्रभावित तर व्यवसायलाई निरन्तरता दिने क्षमता भएका व्यवसायलाई धितो रहित र ब्याजमुक्त छोटो अवधिको कर्जाले लाभान्वित भई कोविड १९को प्रभावबिरूद्ध लड्न तथा व्यवसायलाई निरन्तरता दिन मद्दत हुनेछ । त्यसै गरि यी व्यवसायहरु मध्येका छनोटमा परेका व्यवसायीहरुले आफ्नो व्यावसाय अनुकूल परामर्श पनि प्राप्त गर्ने छन् । 

पूर्व निर्धारित मापदण्डको आधारमा व्यवसाय सुचारु गर्ने सम्भाव्यताको मूल्यांकन गरिएको एमएसएमईहरूले नबिल बैंकबाट धितो रहित कर्जा प्राप्त गर्नेछन र ब्याज रकम अधिकतम १८ महिनासम्म कोषले भुक्तान गर्नेछ । नबिल बैंकका डेपुटी सीईओ सुजित कुमार शाक्य र वान टु वाचका प्रबन्ध निर्देशक सुमन जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

साझेदारी बारेमा बोल्दै नबिल बैंकका सीईओ अनिल केशरी शाहले भने, “नबिल बैंक नेपालको एमएसएमई क्षेत्रलाई सहयोग गर्न, उनीहरूको व्यवसायलाई बढाउन र दीर्घकालीन स्थायित्व र समग्र आर्थिक बृद्धिका लागि मद्दत गर्न सदैब तयार छ । कोविड १९ प्रभावित व्यवसायलाई यस कठिन समयमा बाच्नको लागि सहयोग पुर्याउन र निरन्तरता दिई सक्षम हुन धितो रहित र ब्याजमुक्त कर्जा प्रदान गर्न यस प्रयासमा वन टु वाचको साथ सहकार्य गर्न धेरै उत्साहित छौं । नबिल बैंकले लघु, साना तथा मझौला उद्यमीहरूलाई वित्तीय पहु“च पु¥याउन सजिलो बनाउने सेवाहरू ल्याएर एमएसएमई क्षेत्रको प्रबर्धनमा सदैब केन्दि«त रहेको छ ।” 

साथै, वान टु वाचका प्रबन्ध निर्देशक सुमन जोशीले भने, “हामी नबिल बैंकलाई पार्टनर बैंकहरूको सुचीमा राख्न पाउँदा अत्यन्त खुशी छौं । केही हप्ता अघि यो कोषको थालनी भएदेखि हामीले नेपालका विविध क्षेत्र तथा विभिन्न भुगोलका एमएसएमईबाट धेरै उत्साहजनक प्रतिक्रिया प्राप्त गरेका छौ । नबिल बैंकको सहभागितामा एसएमईलाई यस कठिन समयमा अघि बढ्न र रोजगारी जोगाउन तथा सिर्जना गर्न अझ मद्दत गर्नेछ ।”
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप