बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मानवसेवा आश्रमलाई वर्ल्डलिंकको सहयोग, देशैभर रहेका ११ सय आश्रितलाई न्यानो कपडा

शुक्रबार, १९ मङ्सिर २०७७, १६ : ३०
शुक्रबार, १९ मङ्सिर २०७७

काठमाडौं । वर्ल्डलिंक कम्युनिकेशन्स् लिमिटेडले मानवसेवा आश्रममा आश्रित ११ सय जनालाई न्यायो कपडा उपलब्ध गराएको छ । मंसिर १८ गते वर्ल्डलिंक कम्युनिकेशन्स्का निर्देशक दोय मनोज अग्रवाल र विजय जालानले मानवसेवा आश्रम भक्तपुर शाखामा पुगेर आश्रमका आश्रित लक्ष्मीनारायणहरुको लागि ११ लाख मूल्य बराबरको न्यानो कपडा वितरण गरेका हुन् ।

कपडा बुटवलस्थित गार्मेन्ट फ्याक्ट्रिमा तयार गरिएको हो । हाल मानवसेवा आश्रमको २० सेवा केन्द्रहरुमा  वर्ल्डलिंकले हाइस्पिड इन्टरनेट निशुल्क उपलब्ध गराउँदै आइरहेको छ भने मानवसेवा आश्रम भक्तपुर शाखाको उद्घाटनको समयमा सुरुवातमा लाग्ने सम्पूर्ण खर्च १० लाख समेत उपलब्ध गराएको थियो ।

मानवसेवा आश्रम २०७८ सालभित्र बाध्यात्मकरुपमा खुला आकाशमुनी कष्टपूर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी मानवहरुमुक्त राष्ट्र नेपाल निर्माण गर्ने लक्ष्य राखि सहयोगापेक्षी सडकमानवहरुको मानवोचित व्यवस्थापनको लागि देशव्यापीरुपमा सेवा सञ्चालन गर्दै आइरहेको छ ।

नेपाल सरकार र मानवताप्रेमी मनहरुको साथ, सहयोग र अभिभावकत्वमा मानवसेवा आश्रम सञ्चालित रहेको छ ।

वर्ल्डलिंक विगत २५ वर्षदेखि इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको नेपालको सबैभन्दा ठूलो इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी हो। वर्ल्डलिंक आर्इसीटी क्षेत्रमा सबैभन्दा ठूलो रोजगारदाता कम्पनी हो, जसमा करिव ४ हजार जनाले रोजगारी पाएका छन । वर्ल्डलिंक आईसीटी क्षेत्रको सबैभन्दा ठूलो कर दाता कम्पनी हो ।

वर्ल्डलिंकको नेपालका ७३ जिल्लामा नेटवर्क कभरेज छ । कम्पनीका ४ लाख ७ हजारभन्दा बढी ग्राहक छन । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक र तेस्रो ठूलो दूरसञ्चार कम्पनी वर्ल्डलिंकले देशका १० हजार ठाउँमा पब्लिक वाईफाई विस्तार गरेको छ ।  

 
 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप