शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

टोक्यो ओलम्पिकमा थप २ अर्ब ४० करोड खर्च हुँदैछः आयोजक

शुक्रबार, १९ मङ्सिर २०७७, १५ : ४६
शुक्रबार, १९ मङ्सिर २०७७

टोक्यो । कोरोनाभाइरस महामारीका कारण स्थगित भएको टोक्यो ओलम्पिक खेलको आयोजनाका लागि थप २ करोड ४० लाख अमेरिकी डलर खर्च लाग्ने आयोजक समितिले शुक्रबार जनाएको छ । आयोजक समिति टोक्यो २०२० ले खेलमा भएको ढिलाईका कारण संचालन खर्चमा थप १ अर्ब ५० करोड डलर लाग्ने तथा कोरोनाभाइरसबाट खेलमा सहभागीलाई जोगाउन थप ९० करोड डलर खर्च हुने बताएको छ । यसै वर्ष २०२० मा हुनुपर्ने टोक्यो ओलम्पिक आगामी वर्ष सन् २०२१ मा हुँदैछ । 

डलर र जापानी येनको परिवत्र्य दरमा हुने फेरबदलले पनि लागत खर्च अरु बढाउने आयोजकको भनाई छ ।  टोक्यो ओलम्पिक खेलमा लागत बढ्दै गएपछि जापानी नागरिकबीच मत विभाजन भएको छ । केहीले महामारीको अवस्थामा खेल आयोजना पूरै रोक्ने वा खेल नै रद्द गर्नेतर्फ जापान सरकारले ध्यान दिनुपर्ने बताउँदै आएका छन् ।  यद्यपि, थप लागतको व्ययभार जापान सरकार, टोक्यो शहर र आयोजकले व्यहोर्ने सहमति भएको छ । एएफपी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप