मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

वैदेशिक रोजगार कल्याणकारी कोषको रकम भुक्तानी ‘खल्ती’ एपबाटै हुने

शुक्रबार, १९ मङ्सिर २०७७, १५ : १६
शुक्रबार, १९ मङ्सिर २०७७

काठमाडौं । वैदेशिक रोजगारमा जाने व्यक्तिहरूले वैदेशिक रोजगार कल्याणकारी कोषमा भुक्तानी गर्ने रकम अब ‘खल्ती डिजिटल वालेट’बाटै अनलाइन तिर्न सक्ने भएका छन्। यो सुविधा व्यक्तिगत तथा म्यानपावरमार्फत जानेहरू सबैले प्रयोग गर्नसक्छन्।  

भुक्तानी गर्न चाहनेले खल्ती डिजिटल वालेट एप डाउनलोड गरी वा Khalti.com वेव पेजको होम स्क्रीनमा गइ सरकारी सेवा (Government Services) मेनुबाट वैदेशिक रोजगार कल्याणकारी कोष (DoFE) ट्याप गरेर शुल्क भुक्तानी गर्न सक्ने छन् ।

वैदेशिक रोजगारीमा ३ वर्षभन्दा थोरै समयका लागि जाने व्यक्तिले १५०० र ३ वर्षदेखि १० वर्षसम्मका लागि व्यक्तिले २५०० रूपैयाँ कल्याणकारी कोषमा बुझाउनुपर्छ । वैदेशिक रोजगारीमा व्यक्तिगत रूपमा जानेहरूले आफैं र म्यानपावरमार्फत जानेहरूले कम्पनीबाट एकमुष्ट रूपममा खल्ती एपमार्फत उक्त शुल्क भुक्तानी गर्न सक्छन् ।

कल्याणकारी कोषमा यसरी जम्मा भएको रकम वैदेशिक रोजगारमा गएर अलपत्र परेका, पीडित, आर्थिक अवस्था नाजुक भएका नेपालीहरुको उद्दार गर्न तथा उनीहरूको हितमा प्रयोग गरिन्छ ।

खल्ती डिजिटल वालेट नेपालको लोकप्रिय पेमेन्ट गेटवे हो जसको उद्देश्य प्रयोगकर्ताको समय बचत गरी भुक्तानी र बैंकिङ्ग कारोबार सहज साथै सरल गर्नु हो ।

खल्ती वालेटको प्रयोग गरी ६०ं बैंकमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्स को टिकट खरिद, होटेल रुम बुकिङ्ग गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ । साथमा भुक्तानीमा पाइने क्यासब्याकको फाइदा उठाई रकम बचत गर्न पनि सकिन्छ। खल्तीका प्रयोगकर्ताहरुको संख्या १४ लाखभन्दा बढि छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप