मुरारी अर्यालको सम्झना
कोरोना संक्रमणका कारण केही दिनअघि निधन भएका मार्क्सवादी चिन्तक मुरारी अर्यालका जीवनवृत्त र उनले पुर्याएका योगदानलाई प्रगतिशील साहित्यकारहरुले स्मरण गरेका छन् ।
आज एक जुम मिटिङमार्फत भर्चुअल कार्यक्रमको आयोजना गर्दै उनको सम्झना गरिएको हो ।
त्यस अवसरमा प्रगतिशील साहित्यकार निनु चापागाई, खगेन्द्र संग्रौला, आहुति, मेरि डेशन, देविका तिमिल्सिना, हरिगोविन्द लुइँटेल, यादव देवकोटा लगायका वक्ताहरुले नेपालको प्रगतिवादी आन्दोलन र प्रगतिशील साहित्यका विविध फाँटमा अर्यालले पुर्याएका योगदानहरुको चर्चा गर्दै उनको सम्झना गरेका हुन् ।
त्यसअवसरमा निनु चापागाईले निधन भइसकेका व्यक्तिलाई श्रद्धान्जली दिने सन्दर्भमा गम्भीर ढंगले पुनर्विचार गर्नुपर्ने बताएका थिए भने अर्का वक्ता आहुतिले पनि श्रद्धान्जली लिने मानिसको नै निधन भइसकेको अवस्थामा सम्झना उल्लेख गरिनु उपयुक्त हुने बताएका थिए ।
कार्यक्रमको सञ्चालन प्रगतिशील लेखक संघका महासचिव समीर सिंह र संघका पूर्व अध्यक्ष मातृका पोखरेलले गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उच्च शिक्षादेखि आयोगका परीक्षामा मोबाइल तथा इलेक्ट्रोनिक डिभाइस लगेमा के हुन्छ ?
-
रास्वपा बागमती अधिवेशन आजबाट, सभापति लामिछाने सहभागी नहुने
-
तीन सांसदको गठबन्धनलाई तोड्दै पर्सामा रास्वपा संस्थापन पक्षका सांसद पन्तको प्यानल विजयी
-
रास्वपा नवलपुरको सभापतिमा भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण