ब्रोकर कमिशन घटाउनुपर्ने माग गर्दै लगानीकर्ताले बोर्डलाई बुझाए ज्ञापनपत्र

काठमाडौं । ब्रोकर कमिसन घटाउने पर्ने माग गर्दै लगानीकर्ताहरुको विभिन्न संगठनले नेपाल धितोपत्र बोर्डलाई ज्ञापनपत्र बुझाएका छन् । लगानीकर्ताका पाँचवटै संघ संगठनले बोर्डलाई ज्ञापनपत्र बुझाएका हुन् । उनीहरुले बोर्डका मुक्ति श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका हुन् । बोर्डका अध्यक्ष ढुंगाना अहिलु मुलक बाहिर छन् ।
पुँजी बजार प्रविधिमैत्री बन्दै गएको र कारोबारसमेत बढेको भन्दै लगानीकर्ताहरुले तत्काल ब्रोकर कमिसन घटाउन माग गरेका हुन । अहिले धेरै लगानीकर्ताले अनलाइनमार्फत आफैं सेयर किनबेच गर्न थालेका छन् । यस्तो अवस्थामा ब्रोकरको कामको प्रेसर पनि घटेको छ । यसकारण ब्रोकर कमिशस घटाउन लगानीकर्ताहरुले माग गरिरहेका छन् ।
कतिपय लगानीकर्ताले बिना लगानी ब्रोकर कम्पनीले ठुलो रकम कमाएको भन्दै उनीहरुले लिन कमिशन शुल्क घटाउनुपर्ने भन्दै आएका छन् । अहिले न्यूनतम ०.४ प्रतिशतदेखि अधिकतम ०.६ प्रतिशसम्म रहेको ब्रोकर कमिसन ०.२५ प्रतिशत सम्म झार्न लगानीकर्ताले माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुटानी–पिसानी मिलबाट एक लाख बढी आम्दानी
-
बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव : आज यी प्रदेशमा हुनेछ वर्षा
-
गणेशजीको बार आज कुन राशिलाई कस्तो लाभ ?
-
जनकपुरमा जानकी जन्मोत्सव शुरु, आजदेखि श्रीराम कथा वाचन
-
कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड, स्वीस फ्र्याङ्क तथा दिराम, दिनार र रियालको मूल्य ?
-
लुम्बिनीको पर्यटकीय सुधारका लागि दाताले दिएका विद्युतीय सवारीको विजोग, कतिपयको पाङ्ग्रा गायब