शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ब्रोकर कमिशन घटाउनुपर्ने माग गर्दै लगानीकर्ताले बोर्डलाई बुझाए ज्ञापनपत्र

शुक्रबार, १९ मङ्सिर २०७७, १४ : ०९
शुक्रबार, १९ मङ्सिर २०७७

काठमाडौं । ब्रोकर कमिसन घटाउने पर्ने माग गर्दै  लगानीकर्ताहरुको विभिन्न संगठनले नेपाल धितोपत्र बोर्डलाई ज्ञापनपत्र बुझाएका छन् । लगानीकर्ताका पाँचवटै संघ संगठनले बोर्डलाई ज्ञापनपत्र बुझाएका हुन् । उनीहरुले बोर्डका मुक्ति श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका हुन् । बोर्डका अध्यक्ष ढुंगाना अहिलु मुलक बाहिर छन् । 

पुँजी बजार प्रविधिमैत्री बन्दै गएको र कारोबारसमेत बढेको भन्दै लगानीकर्ताहरुले तत्काल ब्रोकर कमिसन घटाउन माग गरेका हुन । अहिले धेरै लगानीकर्ताले अनलाइनमार्फत आफैं सेयर किनबेच गर्न थालेका छन् । यस्तो अवस्थामा ब्रोकरको कामको प्रेसर पनि घटेको छ । यसकारण ब्रोकर कमिशस घटाउन लगानीकर्ताहरुले माग गरिरहेका छन् ।

कतिपय लगानीकर्ताले बिना लगानी ब्रोकर कम्पनीले ठुलो रकम कमाएको भन्दै उनीहरुले लिन कमिशन शुल्क घटाउनुपर्ने भन्दै आएका छन् । अहिले न्यूनतम ०.४ प्रतिशतदेखि अधिकतम ०.६ प्रतिशसम्म रहेको ब्रोकर कमिसन ०.२५ प्रतिशत सम्म झार्न लगानीकर्ताले माग गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप