मृतकको नाममा पनि भोट हालिएको ट्रम्प समूहको आरोप

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी प्रचार समूहले नेभादा राज्य अदालतमा प्रस्तुत गर्नका लागि तयार गरेको प्रतिवेदनमा हजारौं फर्जी मत खसेको उल्लेख छ । ३ नोभेम्बरको चुनावबाट जो बाइडेन भावी राष्ट्रपतिका लागि चयन भएसँगै ट्रम्प पक्ष कानूनी लडाइँमा छ ।
धेरै राज्यमा आफ्नो धाँधलीको आरोप प्रमाणित गर्न असफल भएको ट्रम्प समूहले नेभादा राज्यमा १५ सयभन्दा धेरै मृतकले भोट खसालेको र ४२ हजार २ सय ४८ जना मतदाताले दोहोर्याई–तेहर्याई मत खसालेको आरोप लगाएको छ । ६ इलेक्टोरल मत रहेको नेभादा राज्यमा बाइडेन ३३ हजार ५ सय ६९ मतले विजयी भएका थिए । राष्ट्रपति बन्नका लागि आवश्यक कुल २ सय ७० भन्दा धेरै इलेक्टोरल मत बाइडेनका पक्षमा सुनिश्चित भइसकेको छ ।
ट्रम्प पक्षका अनुसार बाइडेनका १ प्रतिशत मतदाता त्यस्ता छन्, जसले भोट नै गरेका थिएनन् । र, दुुई प्रतिशत मतदाताको मत त्यस्तो ठेगानाबाट आएको छ, जसले कहिल्यै मतपत्र मागेको थिएन । राज्य वा देशकै ठेगाना परिवर्तन गरिसकेका व्यक्तिको तर्फबाट पनि मतदान भएको ट्रम्प पक्षको आरोप छ ।
उनीहरुले नेभादाको डेमोक्रेटिक बाहुल्य क्लार्क काउन्टीको मतदान प्रक्रियाबारे सवाल उठाएका छन् । ट्रम्प पक्षीय अमेरिकन कन्जरभेटिभ युनियनका अध्यक्ष म्याट सेलापी भन्छन्, ‘हामीले नेभादास्थित क्लार्क काउन्टीमा मत धाँधली भएको विषयलाई जसरी दस्तावेज गरेका छौं, यति ठूलो मात्रामा मत धाँधली भएको मैले वर्षौको राजनीतिक अनुभवका क्रममा कहिल्यै देखेको थिइँन । यो भ्रष्टाचारको हद हो । आधुनिक र स्वतन्त्र देशमा यस्तो हुनसक्छ भनेर मैले सोचेको थिइँन ।’
क्लर्क काउन्टीमा ट्रम्पभन्दा बाइडेनले ९० हजार ९ सय २२ मत धेरै ल्याएका थिए । यहाँ, बाइडेनका पक्षमा कुल ५ लाख २१ हजार ८ सय ५२ मत खस्दा ट्रम्पको पक्षमा ४ लाख ३० हजार ९ सय ३० मत खसेको थियो । जबकी, चार वर्षअघिको चुनावमा ट्रम्पले यहाँ ५ लाख ११ हजार ३ सय १९ मत ल्याएका थिए र उनी तत्कालिन डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनभन्दा २६ हजार ४ सय ३४ मतले मात्रै पछाडि थिए ।
‘यो अमेरिकी इतिहासको लज्जास्पद क्षण हा । पाँच वा छ वटा डेमोक्रेट नियन्त्रित ठूला शहरले धाँधलीलाई हरियो झन्डा देखाए अनि निर्वाचन परिणामलाई परिवर्तन गरिदिए,’ उनको आरोप छ । यद्यपि, धेरै राज्यमा आफ्नो धाँधलीको आरोपलाई प्रमाणित गर्न ट्रम्प समूह असफल भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तर कोरियाली ह्याकरले एकै पटकमा चोरे डेढ अर्ब डलरको क्रिप्टोकरेन्सी
-
महाशिवरात्रिका तीनवटै फिल्मको बुकिङ खुल्ला, कसले कति पाए शो ?
-
यस्तो कीर्तिमान बनाउने विश्वकै पहिलो क्रिकेटर बने न्युजिल्यान्डका रचिन रवीन्द्र
-
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
-
एउटै सामुदायिक विद्यालयमा एकै परिवारका चार जनाको हालीमुहाली
-
मार्चदेखि क्यानडा र मेक्सिकोबाट आउने सामानमा अमेरिकामा कर लाग्ने