रुपन्देहीका छुट्टाछुटै स्थानमा ३ पुरुष मृत फेला
शुक्रबार, १९ मङ्सिर २०७७, १३ : ३७
बुटवल । रुपन्देहीका छुटाछुट्टै ठाउँमा तीन जना पुरुष मृत अवस्थामा फेला परेका छन् । रुपन्देहीको बुटवलका दुई ठाउँ र मर्चवारी गाउँपालिका १ महुवाटमा गरी ३ जना पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । बुटवल उपमहानगर पालिका वार्ड १२ नयागाँउ खानेपानी ट्याङकी नजिकै सैनामैना न.पा.१ बन्कट्टा बस्ने वर्ष २९ का किशोर थापा मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
उनले मादक पदार्थ सेवन गरेको प्रहरीले जनाएको छ । यता, मर्चवारी गाउँपालिका १ महुवाघाटमा मायादेवी गाउँपालिका ८ बस्ने वर्ष २० का अजयकुमार बानियाँ मृत अवस्थामा फेला परेका छन् । त्यस्तै, बुटवल उपमहानगरपालिका ९ स्थित भुड्कीचोकको आकाशे पुलमुनि ५५ वर्षीय एक व्यक्ति मृत फेला परेका छन् । तीनवटै घटनाका बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा