बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लुम्बिनी प्रदेशमा पछिल्लो ५ महिनामा १५५ महिला बालात्कृत

शुक्रबार, १९ मङ्सिर २०७७, १३ : ०३
शुक्रबार, १९ मङ्सिर २०७७

लुम्बिनी प्रदेशमा महिला बलात्कारको सङ्ख्या बढ्दो देखिएको छ । बाल यौनदुराचार र घरेलु हिंसाका घटनामा पनि कमी आएको पाइँदैन । त्यस्तै बहुविवाह र बालविवाह गर्ने क्रम पनि बढ्दो छ ।

आर्थिक वर्ष २०७७÷०७८ को पछिल्लो ५ महिनाको अवधिमा लुम्बिनी प्रदेशभर १५५ जना महिला बलात्कृत भएका मुद्दा विभिन्न जिल्लामा परेका छन् । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका पवबक्ता एसएसपी राजकुमार बैदवारका अनुसार यस अवधीमा बाँकेमा २१,   बर्दियामा १०, दाङमा २९,  रोल्पामा ५,  प्युठानमा ७, रुकुम पूर्वमा २, रुपन्देहीमा ३१, गुल्मीमा ९, अर्घाखाँचीमा १,  नवलपरासीमा ११, कपिलवस्तुमा १८ र पाल्पामा ११ सहित  श्रावण मशान्त देखि  पछिल्लो ५ महिनामा १ सय ५५ वटा बलात्कारको मुद्दा दायर भएका छन् ।

यस अवधिमा बलात्कार जबरजस्ती करणी उद्योगका ५१  वटा मुद्दा यस प्रदेशमा दायर भएका छन् । बाँकेमा ४,   बर्दियामा ७, दाङमा ९,  रोल्पामा १,  प्युठानमा २,  रुकुम पूर्वमा २, रुपन्देहीमा ७, गुल्मीमा ३,  नवलपरासीमा ४, कपिलवस्तुमा ८ र पाल्पामा ५ सहित पछिल्लो ५ महिनामा ५१ वटा जबरजस्ती करणी उद्योगका मुद्दा दायर भएका हुन् ।

लुम्विनी प्रदेशमा यस अवधिमा बहुविवाह बाँकेमा ६, बर्दियामा ५, दाङमा १५, रोल्पामा २,  प्युठानमा १,  रुकुम पूर्वमा १, रुपन्देहीमा ३, गुल्मीमा २, कपिलवस्तुमा ६ सहित ४४ वटा मुद्दा दायर भएका छन् ।

जतीय विभेद तथा छुवाछुतका मुद्दा बर्दियामा १ र रुपन्देहीमा २ सहित ३ वटा मुद्दादायर भएका छन् ।

मानव बेचविखनका मुद्दा बाँकेमा ३, दाङ्गमा १, नवलपरासीमा १, कपिवस्तुमा १ सहित ६ वटा मुद्दा दायर भएका छन् ।

त्यस्तै लुम्विनी प्रदेशभर ८ सय २३ वटा घरेलुहिंसाका मुद्दा पछिल्लो ५ महिनाको अवधिमा परेका छन् । आर्थिक वर्ष २०७५ ÷०७६ मा ३ सय ७४ वटा बलात्कारका घटना लुम्विनी प्रदेशमा घटेका थिए । आर्थिक वर्ष २०७६÷०७७ मा ३ सय ५५ वटा बलात्कारका मुद्दा दायर भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप