झापा ४८.५ ग्राम ब्राउनसुगरसहित २ पक्राउ
झापा । झापाको दुई भिन्न स्थानबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित बिहीबार दुई जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले बिर्तामोड–५ बिहानीटोलबाट अर्जुनधारा–६ का २५ वर्षीय आशीष थापालाई ९।५ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए । प्रहरीले थापा सवार प्र.१–०१–०१३ प २७०१ नंको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ ।
त्यस्तै प्रहरीले अर्जुनधारा–९ प्रणामी मन्दिर नजिकबाट मे५प ९२५६ नंको मोटरसाइकलमा सवार बुद्धशान्ति गाउँपालिका–२ का २२ वर्षीय प्रिन्स खनाललाई ३९ ग्राम ब्राउनसगुरसहित पक्राउ गरेको छ । बरामद ४८.५ ग्राम ब्राउनसुगरसहित उनीहरुलाई थप अनुसन्धान तथा कानूनी कारवाहीका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको प्रनाउ थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ
-
७.३ प्रतिशत आर्थिक विकासको लक्ष्य पूरा हुँदैन: प्रकाशशरण महत
-
प्रचण्डविरुद्ध खनिए बाबुराम–'चुनाव क्षेत्र छोडेर निस्वार्थ सहयोग गरेँ,अहिले मविरुद्ध अशोभनीय हर्कत गर्दै छन्'
-
१६ औँ पञ्चवर्षीय योजनामा आर्थिक समृद्धिका आधारभूत तत्त्व पहिलो प्राथमिकतामा पर्नुपर्छ: पूर्व अर्थमन्त्री खतिवडा
-
साइबर ब्यूरोले सोधपुछ गरेको युवकले सिटामोल खाएको पुष्टि
-
विश्व ट्रायथलन महासंघकी अध्यक्ष नेपालमा