बैतडीमा १० किलो चरेससहित एक पक्राउ
शुक्रबार, १९ मङ्सिर २०७७, १२ : ३१
बैतडी । दश किलो चरेससहित बैतडीमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बझाङको बुङ्गल नगरपालिका–९ बस्ने ३० वर्षीय मानबहादुर धानुक रहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
धानुकलाई विशेष सुराकीको आधारमा सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) र जिल्ला प्रहरी कार्यालय बैतडीको संयुक्त टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए । उनले भने, “झोलामा चरेस लिएर पैदल आइरहेका बेला उनलाई समातेका हौँ ।”
उनलाई गए राति ११ बजेतिर जिल्लाको पुर्चौडी नगरपालिका–६ को मोडलीधारबाट पक्राउ गरिएको क्षेत्रीय अनुसन्धान समूहले जनाएको छ । पक्राउ परेका धानुकलाई जिल्ला ल्याइँदै गरेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले छिटो बनाउनुपर्छ : मन्त्री श्रेष्ठ
-
तस्बिरमा हेर्नुहोस् पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोह
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
रङ्गियो काठमाडौँ, ज्याकाराण्डा ढकमक्क (तस्बिरहरु)
-
९ महिनामा गण्डकी प्रदेशको पुँजीगत खर्च २९ प्रतिशत मात्रै
-
बौद्धिक पलायन रोक्न पाठ्यक्रम परिमार्जन गरौँ : प्रधानमन्त्री