बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सुनको मूल्य आज पनि बढ्यो

शुक्रबार, १९ मङ्सिर २०७७, १० : ५०
शुक्रबार, १९ मङ्सिर २०७७

नेपाली बजारमा शुक्रबार पनि सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा बिहीबार छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो । 
महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ९२ हजार ६०० रुपैयाँ थियो भने बिहीबार बढेर तोलामा ९२ हजार ९०० रुपैयाँ पुगेको छ । 

यसअघि बिहीबार बुधबारको तुलनामा सुन तोलामा १६०० रुपैयाँले बढेको थियो । 
यस्तै शुक्रबार तेजावी सुन तोलामा ९२ हजार ४५० रुपैयाँमा कारोबार भएको छ । 

यसैबीच शुक्रबार चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । बिहीबार तोलामा १२०५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार बढेर १२१० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप